अपस्ट्रीम प्रदायकको कारणले च्याटजीपीटीमा एकै महिनामा दोस्रो पटक समस्या उत्पन्न

Technology Khabar १३ पुष २०८१, शनिबार

अपस्ट्रीम प्रदायकको कारणले च्याटजीपीटीमा एकै महिनामा दोस्रो पटक समस्या उत्पन्न
Global IME Bank

काठमाडौं ।

च्याटजीपीटीमा बिहीबार प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्ने प्रयास गर्दा समस्याहरू अनुभव गरेको रिपोर्ट गरिएको छ। प्लेटफर्मले आउटेजको सामना गरिरहेको र हाल केही प्रयोगकर्ताहरूको लागि बन्द भएको उल्लेख छ।

ओपनएआईले आफ्नो वेबसाइटमा आउटेज पुष्टि गरेको छ। कम्पनीका अनुसार, “अपस्ट्रीम प्रदायक” को कारणले समस्या उत्पन्न भएको र समाधानको कामको लागि टोली खटिसकेको बताइएको छ। यद्यपि, जीपीटी कहिले अनलाइन हुनेछ भन्ने बारे कुनै अनुमान भने गरिएको छैन।

च्याटजीपीटीको अतिरिक्त, ओपनएआई एपीआई र सोरा भिडियो जेनेरेशन प्लेटफर्म पनि डाउन भएका छन्।

“हामी हाल च्याटजीपीटी, एपीआई र सोरामा उच्च त्रुटि दरहरूको साथ समस्या अनुभव गरिरहेका छौं। यो समस्या अपस्ट्रीम प्रदायकको कारणले भएको हो। हामी यस समस्याको समाधानमा काम गर्न जारी राख्छौं” ओपनएआईले उल्लेख गरेको छ।

च्याटजीपीटी डाउन भएको यो महिना पहिलो पटक भने होइन। डिसेम्बर ११ तारिखमा एप्पलले आईओएस १८.२ लाई जीपीटी सिरीमा एकीकृत गरी लन्च गरेको सोही दिनमा प्लेटफर्मले आउटेजको सामना गरेको ९टु५म्याकले रिपोर्टमा जनाएको छ।

Sajilo Visa

प्रकाशित: १३ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया