यी हुन् फोनको ब्याट्री सबैभन्दा धेरै खपत गर्ने एप्स

Technology Khabar १३ पुष २०८१, शनिबार

यी हुन् फोनको ब्याट्री सबैभन्दा धेरै खपत गर्ने एप्स
Global IME Bank

काठमाडौं ।

स्मार्टफोनमा सबैभन्दा धेरै ब्याट्री खपत गर्ने लोकप्रिय एपहरू र तिनीहरूले ब्याट्रीको लाईफलाई स्थायी रूपमा घटाउन सक्ने प्रभावको बारेमा विश्लेषण गरिएको एक रिपोर्टले जनाएको छ।

फोनमा एप्सलाई पहिलो पटक इन्स्टल गर्ने क्रममा एन्ड्रोइड वा आईफोन प्रयोगकर्ताले अनुरोध गरिएका सबै उपलब्ध अनुमतिहरूमा एप्स एक्सेस (पहुँच) प्रदान गर्ने धारणामा यो विश्लेषण आधारित रहेको उल्लेख गरिएको छ।

उल्लेख गरिएका अनुमतिहरूमा वाई–फाई कनेक्टिभिटी, फोन स्ट्याटस, स्टोरेज स्पेस, लकेसन ट्र्याकिङ, कल, कन्ट्याक्ट र मेसेज इन्फर्मेशनका साथै क्यामरा र माइक्रोफोन अनुमतिहरू समावेश छन्। साथै धेरै संख्यामा एपहरूले प्रयोगकर्ताका तस्बिर, भिडियो र अन्य फाइलहरूमा पहुँचको लागि अनुरोध पनि गर्छन्।

फोनमा सबैभन्दा धेरै ब्याट्री रिसोर्सहरू खपत गर्ने एपहरू इन्स्टाग्राम र फिटबिट भएको विश्लेषणले खुलासा गरेका छन्। उल्लेखित एपहरूले डिभाइसको ब्याट्री समान रूपमा खपत गर्ने र सक्रिय रूपमा प्रयोग नगर्दा पनि ब्याट्रीको ८५ प्रतिशत सम्म खपत गर्न सक्ने बताइएको छ। त्यसैगरी सूचीमा तिनीहरूलाई पछ्याउँदै फेसबुक, व्हाट्सएप, लिंक्डइन र टास्कर समावेश रहेको छन्।

सबैभन्दा धेरै ब्याट्री ड्रेन गर्ने एपहरूको सूचीमा रहेका २० एपहरूमध्ये सातवटा लोकप्रिय सामाजिक सञ्जाल एपहरू भएको र जसलाई हरेक दिन लाखौं मानिसहरूले प्रयोग गर्ने गरेको बताइएको छ। यी सातवटा लोकप्रिय सामाजिक सञ्जाल एपहरू इन्स्टाग्राम, फेसबुक, एक्स (ट्विटर), व्हाट्सएप, टेलिग्राम, फेसबुक मेसेन्जर र लिंक्डइन हुन्।

त्यसैगरी डेटिङ एपहरू टिन्डर, ग्राइन्डर र हिञ्जले ७० प्रतिशत भन्दा बढी ब्याट्रीको खपत गर्ने टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १३ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया