अनर म्याजिक ७ आरएसआर पोर्श डिजाइन तथा स्न्यापड्रागन ८ एलिटका साथ डेब्यु

Technology Khabar १३ पुष २०८१, शनिबार

अनर म्याजिक ७ आरएसआर पोर्श डिजाइन तथा स्न्यापड्रागन ८ एलिटका साथ डेब्यु
Global IME Bank

काठमाडौं ।

अनरले चीनमा म्याजिक ७ आरएसआर पोर्श डिजाइन प्रस्तुत गरेको छ। पोर्श डिजाइनसँगको यो सहकार्यले हाई–इण्ड फिचर्स र एउटा विशिष्ट लुक भएको स्मार्टफोन प्रदान गरेको उल्लेख छ।

अनर म्याजिक ७ आरएसआर पोर्श डिजाइनको फिचर्सहरू

म्याजिक ७ आरएसआर पोर्श डिजाइनमा पोर्शको डिजाइन सम्पदाबाट प्रभावित एक अद्वितीय सौन्दर्यताको विशेषता फिचर गरिएको छ। डिभाइसको पछाडिको प्यानलमा हेक्सागोनल क्यामरा आईल्याण्ड समावेश गरिएको छ जसमा ५० मेगापिक्सेलको मुख्य सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र १००× डिजिटल जुमको साथ २००मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्ससहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ।

त्यसैगरी डिभाइस्को क्यामरा प्रणालीले इमप्रुभ्ड ईमेज क्वालिटी (सुधारिएको तस्बिर गुणस्तर) र फोकसको लागि १ग्लास+५प्लास्टिक लेन्स सेटअप र डुअल इलेक्ट्रोम्याग्नेटिक मोटरहरू प्रयोग गर्दछ। साथै यसमा १२०० लिडीएआर सेन्सर पनि रहेको बताइएको छ जसले फोकसको सटिकतालाई विशेष गरी विस्तारित जुम दायराहरूमा अझ बढाउने उल्लेख गरिएको छ।

स्मार्टफोनको अगाडि थ्रीडी डेप्थ क्यामराको साथमा ५० मेगापिक्सेलको सेल्फी सेन्सर समावेश गरिएको उल्लेख छ।

टिकाउपन म्याजिक ७ आरएसआर पोर्श डिजाइनको प्रमुख विशेषता भएको उल्लेख गरिएको छ। यो स्क्र्याच र ड्रपहरूको लागि इनह्यान्स रेसिस्टेन्स (परिष्कृत प्रतिरोध) को साथ नानोक्रिस्टल शिल्डसँग सुसज्जित रहेको बताइएको छ। साथै यो डिस्प्ले टेक्नोलोजीले ड्युरेबिलिटि (स्थायित्व) का लागि स्विस एसजीएस फाइभ–स्टार सर्टिफिकेसन (पाँच–तारे प्रमाणीकरण) प्राप्त गरेको छ।

यस बाहेक, डिभाइसले पानी, धुलो, र उच्च–दबाव अवस्थाहरू विरुद्ध सुरक्षाको लागि आईपी६९ र आईपी६८ मापदण्डहरू पूरा गर्दछ।

हुड अन्तर्गत, म्याजिक ७ आरएसआर पोर्श डिजाइनको संचालनको लागि स्न्यापड्रागन ८ एलिट एसओसी समावेश गरिएको उल्लेख छ जसले बलियो प्रदर्शन र कुशल मल्टिटास्किङ प्रदान गर्ने बताइएको छ। साथै यो डिभाइस २४जीबी सम्म एलपीडीडीआर५एक्स र्र्याम र १टीबी यूएफएस ४.० स्टोरेज (भण्डारण) को साथ आउँदछ।

त्यसैगरी स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट, एचडीआर१०प्लस(+) सपोर्ट र जीवन्त रङ्ग रेन्डरिङसङ्गहतको ६.८ इन्चको एफएचडीप्लस(+) ओएलईडी क्वाड कर्भ डिस्प्ले समावेश गरिएको छ। यो डिस्प्ले ५००० निट्स पिक ब्राइटनेस र ४३२० हर्ज हाई–फ्रिक्वेन्सि पीडब्ल्यूएम डिमिङ गर्न सक्षम रहेको उल्लेख गरिएको छ।

डिभाइसले एन्ड्रोइड १५ मा आधारित म्याजिक यूआई ९.० रन गर्ने र फास्ट (द्रुत) रिचार्जिङका लागि १००वाट वायर्ड र ८०वाट वायरलेस चार्जिङलाई समर्थन गर्ने ५८५०एमएएच ब्याट्री समावेश गर्दछ।

मूल्य निर्धारण र उपलब्धता

एगेट ग्रे र प्रोभेन्स पर्पल रङ्गमा उपलब्ध हुने म्याजिक ७ आरएसआर पोर्श डिजाइनको १६जीबी + ५१२जीबी भेरियन्टको लागि ७,९९९ चिनियाँ युआन (१,०९६ अमेरिकी डलर) र २४जीबी + १टीबी भेरियन्टको लागि ८,९९९ चिनियाँ युआन (१,२३३ अमेरिकी डलर) मूल्य कायम गरिएको छ। साथै प्रि–अर्डरहरू चीनमा खुला भइसकेका छन् भने सन् २०२४ को डिसेम्बर २४ तारिखदेखि बिक्री सुरु गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १३ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया