Technology Khabar १३ पुष २०८१, शनिबार
काठमाडौं ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानमा फ्रि वाईफाई जोन बनाएको छ।
सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थलमार्ग हुँदै धेरै पर्यटक आवागमन हुने बेलहीया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोकमा समेतगरी पाँच स्थानमा फ्री वाईफाई जोन बनाएको हो।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँको चुनावी घोषणा एवं प्रतिवद्धता अनुरूप नगरका मुख्य भागमा फ्रि वाईफाई जोन बनाईएको बताईएको छ।
नगरबासी, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सूचना, समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाईटबाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरूमा छिटो छरितो तथा सजिलै पहुँच हुने उद्देश्यकासाथ फ्रि वाईफाई सेवा दिईएको हो।
फ्रि वाईफाई सेवा हरेक ब्यक्तिले प्रति दिन एक घण्टा मात्र प्रयोग गर्न पाउने व्यवस्था मिलाईएको छ।
नगरपालिकाले आवश्यकता भएका स्थानमा आगामी दिनमा समेत फ्रि वाईफाई जोन विस्तार गर्दै लैजाने योजना लिएको छ।
प्रकाशित: १३ पुष २०८१, शनिबार