युक्रेनद्वारा पहिलोपटक रोबोट मात्र प्रयोग गरेर रुसमाथि हमला

Technology Khabar १२ पुष २०८१, शुक्रबार

युक्रेनद्वारा पहिलोपटक रोबोट मात्र प्रयोग गरेर रुसमाथि हमला
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

युक्रेनी सेनाले लिप्सी शहर नजिकैको आक्रमणमा दर्जनौँ टाढाबाट नियन्त्रण गर्न सकिने सवारीसाधनमा मेसिनगन जडान गरी प्रयोग गरेको छ। यससँगै आत्मघाती ड्रोनहरू पनि प्रयोग गरिएको थियो। यो आक्रमणमा हवाई निगरानी र सहायक भूमिकामा ड्रोनहरूको समेत प्रयोग गरिएको टेलिग्राफले जनाएको छ।

खार्तिया ब्रिगेडका प्रतिनिधि भोलोडिमिर डेहतियारोभले भने: “हामी फ्रन्टको सानो भागमा एकैपटक दर्जनौँ युनिटहरू रोबोटिक र मानव रहित उपकरणहरूको प्रयोगबारे कुरा गर्दैछौँ।”

द टेलिग्राफले लेखेअनुसार युक्रेनले पहिले नै रोबोटिक मेसिनगन सवारीसाधन र इलेक्ट्रोनिक वारफेयर प्रणालीहरू तैनाथ गरेको थियो, जसले युद्धक्षेत्रमा मानवीय सहभागिता कम गर्छ।

तर १३औं नेशनल गार्ड ब्रिगेडले पूर्ण रूपमा रोबोट मात्र प्रयोग गरेर संयुक्त हमलाको रणनीति अपनाएको यो पहिलोपटक हो।

कमाण्ड सेन्टरबाट युद्ध सञ्चालन

ब्रिगेडले जारी गरेको भिडियोमा कमाण्ड सेन्टरभित्रैबाट मानव रहित भुईँ सवारीसाधन (यूजीभी) र मानव रहित हवाई सवारीसाधन (यूएभी) चलाइरहेको देखाइएको छ। क्यामेरा जडित ड्रोन र ग्राउन्ड रोबोटले प्रत्यक्ष युद्धक्षेत्रको दृश्य उपलब्ध गराउँदै सेन्टरका अपरेटरहरूलाई लडाइँको झलक देखाएका थिए।

रोबोटिक युद्धको नयाँ अध्याय

कुर्स्क क्षेत्र ९रूस० मा यस्तै तर सानो स्तरको रोबोटिक युद्धको रिपोर्ट आएको थियो। युक्रेन भने मानव रहित ड्रोनको लागि छुट्टै बल गठन गर्ने पहिलो सेना भएको टेलिग्राफले उल्लेख गरेको छ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, ‘देशले २०२४ सम्ममा १० लाखभन्दा बढी ड्रोन उत्पादन गर्ने योजना बनाएको छ, जसले नयाँ बललाई थप सशक्त बनाउनेछ।’

Sajilo Visa

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया