के तपाईँ पनि सार्वजनिक स्थानमा मोबाइल चार्ज गर्नुहुन्छ? डाटा चोरी तथा ह्याकिङको शिकार बन्नुहोला !

Technology Khabar १२ पुष २०८१, शुक्रबार

के तपाईँ पनि सार्वजनिक स्थानमा मोबाइल चार्ज गर्नुहुन्छ? डाटा चोरी तथा ह्याकिङको शिकार बन्नुहोला !
Global IME Bank

काठमाडौं ।

ओ.एमजी केबल भनेर चिनिने सामान्य चार्जिङ केबलले गम्भीर सुरक्षा खतरा निम्त्याउन सक्ने साइबरसुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन्।

अमेरिकाका साइबरसुरक्षा विशेषज्ञ रायन मोन्टगोमेरीले चार्जिङ केबल साझा गर्दा हुने खतराहरूबारे दिएको चेतावनीको बारेमा टेलिग्राफले रिपोर्ट गरेको छ।

“हिडन् (लुकेको) इम्प्लान्टले डाटा चोरी र मालवेयर स्थापना गर्न बाटो खुलाउने भएकाले एउटा नियमित आईफोन केबलले तपाईंको डिभाइसमा विनाश गर्न सक्ने” मोन्टगोमेरीले दावी गरेका छन्।

सामाजिक सञ्जालमा यस्तो केबलको सम्भावना देखाउँदै उनले एक क्लिकमा कम्प्युटर वा फोनलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने कुरा देखाएका छन्।

ओ.एमजी केबलले वेब सर्भर, यूएसबी कम्युनिकेशन (सञ्चार) र वाई–फाई एक्सेस (पहुँच) समावेश गर्दछ र जसले रिमोट आक्रमणहरू सक्षम पार्ने उल्लेख गरिएको छ। यद्यपि यो अन्य कुनै सामान्य चार्जिङ केबल जस्तै देखिने भए तापनि यसको परिष्कृत प्रविधिले एक इम्प्लान्ट लुकाउने बताइएको छ जुन वायरलेस नेटवर्कमा जडान भएमा ९० मिटरसम्म वा अनिश्चित समयसम्म सञ्चालन गर्न सकिने उल्लखे गरिएको छ।

१८० अमेरिकी डलर लागतका साथ सन् २०१९ मा पहिलो पटक प्रस्तुत गरिएको ओ.एमजी केबलले महत्त्वपूर्ण सुधार गरेको उल्लेख छ।

त्यसैगरी सन् २०२३ मा आएको यसको पछिल्लो संस्करण, “एलिट सिरिज” मा डाटा निकासी र यूएसबी–ए र यूएसबी–सी पोर्टहरूका साथ कम्प्याटेबिलिटि (अनुकूलता) जस्ता थप सुविधाहरू समावेश रहेका छन्।

यद्यपि यी डिभाइसहरू मूल रूपमा सुरक्षा परीक्षण पेशेवरहरूका लागि लक्षित थिए भने बजारमा तिनीहरूको उपलब्धताले दुरुपयोगको जोखिम बढाउँछ भनि डेली मेलले उल्लेख गरेको छ। यसको परिष्कृत प्रविधिले ह्याकरहरूलाई डाटा चोरी गर्न, मालवेयर स्थापना गर्न र टाढाबाट डिभाइसहरू नियन्त्रण गर्न अनुमति दिनेछ।

“प्रत्येक केबल भित्र एक इम्प्लान्ट छ जसले डिभाइसमा टाढाको पहुँचलाई अनुमति दिन्छ” केबलका निर्माता माइक ग्रोभरले भने।

एफबीआईले हालसालै सार्वजनिक यूएसबी पोर्टहरूसँग सम्बन्धित बढ्दो खतराहरूको बारेमा सेल फोन र कम्प्युटर प्रयोगकर्ताहरूलाई गम्भीर चेतावनी जारी गरेको उल्लेख छ।

सन् २०२३ को आधिकारिक घोषणा अनुसार साइबर अपराधीहरूले पर्सनल डिभाइस (व्यक्तिगत उपकरणहरू) मा घुसपैठ गर्ने माध्यमको रूपमा यी हार्मलेस कनेक्सन्स (हानिकारक जडानहरू) बढ्दो रूपमा प्रयोग गरिरहेको बताइएको छ।

“मालवेयर इनसर्ट गरेर अप्रत्याशित प्रयोगकर्ताहरूको डिभाइसहरूमा सफ्टवेयर ट्र्याकिङ गर्न अपराधीहरूले सार्वजनिक यूएसबी पोर्टहरू प्रयोग गर्ने परिष्कृत विधिहरू विकास गरेका छन्” एफबीआईले एक चेतावनीमा उल्लेख गरेको छ।

“जूस ज्याकिङ“ को रूपमा चिनिने यो अभ्यासले खराब अपराधीहरूलाई व्यक्तिगत डाटा, वित्तीय जानकारीमा अनधिकृत पहुँच प्राप्त गर्न र डिभाइसको नियन्त्रणमा पनि अनुमति दिने उल्लेख गरिएको छ।

साइबरसेक्युरिटी विज्ञहरूले यी जोखिमहरू सार्वजनिक यूएसबी पोर्टहरूमा मात्र सीमित नभएर साझा चार्जरहरू र केबलहरूमा पनि विस्तार भएको बताएका छन्।

प्रयोगकर्ताहरूले अपरिचित व्यक्तिहरूबाट चार्जरहरू उधारो लिन्छन् वा सार्वजनिक स्थानहरू जस्तै एयरपोर्ट, क्याफे वा पुस्तकालयहरूमा पछाडि छोडिएकाहरू प्रयोग गर्छन् भने त्यसता अवस्थाहरू विशेष रूपमा खतरनाक हुन सक्ने उल्लेख गरिएको छ।

एफबीआईले प्रयोगकर्ताहरूलाई सम्भव भएसम्म आफ्नै चार्जर र केबलहरू प्रयोग गर्न र आफ्ना डिभाइसहरूलाई सार्वजनिक यूएसबी पोर्टहरूमा जडान नगर्न सल्लाह दिएको छ।

यदि चार्ज गर्न अपरिहार्य छ भने त्यस्तो अवस्थाहरूमा पोर्टेबल ब्याट्रीहरू – एडेप्टरहरू प्रयोग गर्न सिफारिस गरिएको छ जसले डाटा प्रसारणलाई रोक्छ, केवल चार्ज गर्न अनुमति दिनेछ।

विज्ञहरूले प्रयोगकर्ताहरूलाई आफ्नै चार्जर र केबलहरू मात्र प्रयोग गर्न र उपकरणहरू साझेदारी गर्नबाट जोगिन सल्लाह दिएका छन्।

ओ.एमजी केबलले दैनिक टेक्नोलोजीमा लुकेका खतराहरूको संकेत गर्ने भए तापनि यसले हामीलाई व्यक्तिगत डाटाको सुरक्षामा जानकारी र रोकथामको महत्त्वको लागि सम्झउने कार्य गरेको उल्लखे गरिएको छ।

खतराहरूको बढ्दो परिष्कारलाई ध्यानमा राख्दै, त्यस्ता डिभाइसहरू प्रयोग गर्दा सावधानी अब सिफारिस मात्र नभएर आवश्यकता भएको टेलीग्राफले उल्लेख गर्दछ।

Sajilo Visa

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया