हुन्डाईले आफ्ना ईभी ग्राहकहरूलाई अर्को वर्षदेखि एनएसीएस एडप्टर निःशुल्क उपलब्ध गराउने

Technology Khabar १२ पुष २०८१, शुक्रबार

हुन्डाईले आफ्ना ईभी ग्राहकहरूलाई अर्को वर्षदेखि एनएसीएस एडप्टर निःशुल्क उपलब्ध गराउने
Global IME Bank

काठमाडौं ।

हुन्डाईले चयन गरिएका केही ईभी खरीदकर्ताहरूलाई एनएसीएस (नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड) एडाप्टरमा निःशुल्क सीसीएस उपलब्ध गराउँदै छ। यो सँगै तिनीहरूले टेस्लाको सुपरचार्जर स्टेशनहरूमा हालका मोडलहरू चार्ज गर्न सक्ने छन्।

सन् २०२५ त्रैमासमा ढुवानी सुरु भएपछि यसले ईभी धनिहरूलाई टेस्लाको २०,००० बलियो सुपरचार्जर नेटवर्कमा सीसीएस–पोर्ट हुन्डाई मोडेलहरू चार्ज गर्न अनुमति दिनेछ।

हुन्डाईले २०२४ र यसअघिका कोना इलेक्ट्रिक, आयोनिक ५, आयोनिक ६ र आयोनिक ह्याचब्याक मोडलहरूका साथै २०२५ इओनिक ६, इओनिक ५एन, कोना इलेक्ट्रिक जेनेसिस ईभीहरूका मालिकहरूलाई निःशुल्क एडाप्टर उपलब्ध गराउँदैछ। साथै माईहुन्डाई ओनर साइट मार्फत निः शुल्क एडाप्टर प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

सन् २०२५ को जनवरी ३१ तारिख अघि हुण्डाई ईभी खरिद गर्ने ग्राहकहरूलाई एडेप्टरहरू प्रदान गरिने बताइएको छ। त्यसैगरी कम्पनीको सिबलिङ ब्रान्ड कियाले पनि अर्को वर्षदेखि चयन गरिएका ग्राहकहरूलाई निःशुल्क एनएसीएस एडेप्टरहरू प्रदान गर्ने भएको छ र समर्थित मोडेलहरूको पूर्ण सूची भने छिट्टै आइपुग्ने उल्लेख गरिएको छ।

अटोमेकरले आफ्ना प्रयोगकर्ताहरूलाई लाभ प्रदान गर्न फोर्डसँग सामेल हुँदैछ भने अन्य निर्माताहरूले पनि निकट भविष्यमा त्यस्तै गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै अमेरिकी सरकारले एनएसीएस खुला उद्योग मानक बन्ने भनेर भर्खरै घोषणा गरेको छ र उही मानक महाद्वीपभर चार्जर नेटवर्कहरूमा व्यापक रूपमा प्रयोग हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

यस बाहेक हुण्डाई आफ्नो चार्जिङ पोर्टहरू एनएसीएसमा परिवर्तन गर्न धेरै अटोमेकरहरूसँग सामेल भएको हुनाले भविष्यका मोडेलहरूलाई एडाप्टरको आवश्यकता नपर्ने उल्लेख गरिएको छ। टेस्ला सुपरचार्जरहरू ढुवानी हुने बित्तिकै यो २०२५ आयोनिक ५ बाट सुरु हुनेछ भनि टेस्लाले उल्लेख गरेको छ। साथै पुराना सीसीएस–आधारित मोडेलहरूमा भने हाल पहुँच नभएको उल्लेख गएिको छ। यद्यपि एक पटक एडप्टर ढुवानी भएपछि टेस्लाले त्यसलाई पनि सक्षम पार्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

हुन्डाई हालै टेस्लापछि उत्तरी अमेरिकामा दोस्रो ठूलो ईभीक बिक्रेता बनेको छ। कम्पनीले हाल आयोनिक ५ र आयोनिक ५एन क्रसओभर, आयोनिक ६ सेडान र कोना इलेक्ट्रिक एसयूभी गरी चारवटा मोडलहरू बिक्री गरिरहेको छ। त्यसैगरी, कियाले ईभी६ क्रसओभर, ईभी९ एसयूभी र निरो ईभी प्रदान गरिरहेको इनग्याजेटले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार