भैरहवालाई सुरक्षित बनाउन अँध्यारोमासमेत सवारीको नम्बर प्लेट देख्न सकिने ‘एएनपिआर’ प्रणाली जडान

Technology Khabar ११ पुष २०८१, बिहीबार

भैरहवालाई सुरक्षित बनाउन अँध्यारोमासमेत सवारीको नम्बर प्लेट देख्न सकिने ‘एएनपिआर’ प्रणाली जडान
फ्रीपिकबाट लिइएको
Global IME Bank

काठमाडौं ।

सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ। रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो।

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपिआर जडान गरिएको नगरपालिकाले जनाएको छ। सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताए।

उनले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपिआर जडान गरिएको जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन  लगाउँदा पनि पहिचान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ।-रासस

Sajilo Visa

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार