तातोपानी नाकाबाट विद्युतीय सवारीको आयात बढ्दो

Technology Khabar ११ पुष २०८१, बिहीबार

तातोपानी नाकाबाट विद्युतीय सवारीको आयात बढ्दो
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

पछिल्लो समय तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेको छ। यस नाकाबाट विशेष गरी विद्युतीय कार आयात भइरहेका छन्।

चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा चीनबाट एक हजार ४४० विद्युतीय सवारीसाधन भित्रिएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए। दसैँतिहारमा बढी विद्युतीय सवारीसाधन आयात भएका थिए।

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोले कोदारी राजमार्ग २६ दिन अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध बनेपछि चीनबाट आउँदै गरेका विद्युतीय सवारीसाधन तिब्बतको खासा क्षेत्रमा नै रोकिएका थिए। बाढीले बगाएको लार्चा पुल र लिपिङखोलामा अस्थायी संरचना हालेर यातायातका साधन सञ्चालनमा ल्याइएपछि खासामा रोकिएका विद्युतीय सवारीसाधन तातोपानी भन्सार कार्यालयको याईमा ल्याइएको काफ्लेले बताए।

यसअघि तीन अर्ब ९२ करोड ७६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी भन्सार भएर राजधानी पुगेको उनले जानकारी दिए। त्यसबाट दुई अर्ब ११ करोड २७ लाख ५४

हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो। मङ्सिरदेखि यता आयात भएका दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन भन्सार यार्डमा रहो राजस्व प्रक्रियामा रहेको भन्सार कार्यालयले जनाएको छ।

१५ देखि २५ सिट भएका मिनी बस ४७ वटा ११ देखि १४ सिट भएका माइक्रो बस १०९ वटा ५० किलोवाटका कार जिप, भ्यान ११७ वटा, ५१ देखि एक सय किलोवाटका ८९९ वटा कार, जिप, एक सय एकदेखि दुई सयसम्मका कार, जिप म्यान १३४ वटा दुई सय एकदेखि तीन सय किलोवाटका दुई र तीन सय किलोवाटभन्दा माथिका एक वटा कार र फोरहिवल ३१ वटा गाडी आयात भएको काफ्लले बताए।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सयका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले पछिल्ला समय चीनबाट विद्युतीय सवारीसाधन आयात वृद्धिले मुलुकका अर्थतन्त्रमा विशेष महत्त्व राख्ने बताए। तातोपानी नाकाबाट आयातसँगै निर्यातका वातावरण निर्माण गर्न नेपाल सरकारले चिनियाँ सरकारसँग कूटनीतिक पहलमा लाग्नुपर्नेमा उनले जोड दिए।

नाका दुईतर्फी सञ्चालनमा आएको लामो समय हुँदासमेत अहिलेसम्म नेपाली उत्पादन चीनतर्फ निर्यात हुन पाएको छैन। चीनतर्फ निर्यात नहुँदा नेपाली वस्तु उत्पादन र बिक्रीमा लागेका व्यापारी व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन्।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया