मारुती सुजुकीले जनवरीमा आफ्नो पहिलो इलेक्ट्रिक गाडी ईभीटारा भारतमा लन्च गर्दै

Technology Khabar ११ पुष २०८१, बिहीबार

मारुती सुजुकीले जनवरीमा आफ्नो पहिलो इलेक्ट्रिक गाडी ईभीटारा भारतमा लन्च गर्दै
Global IME Bank

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीको पहिलो इलेक्ट्रिक गाडी (ईभी) ईभीटारा (eVitara) अर्को अंग्रेजी वर्षको सुरुमा हुने भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रदर्शन गरिने भएको छ। कम्पनीले ईभिटाराको टिजर सार्वजनिक गरेको छ। इण्डिया मोबिलिटी ग्लोबल एक्स्पो १७ देखि २२ जनवरी सम्म आयोजना हुँदैछ।

जापानको सुजुकी मोटरले यसअघि नै इटालीको मिलानमा ईभीटारा प्रदर्शन गरिसकेको छ। मारुती सुजुकीमा सुजुकी मोटरको ठूलो हिस्सा छ। यद्यपि, यो इलेक्ट्रीक एसयूभीको युरोपेली भेरियन्टको स्पेसिफिकेशन भारतमा लन्च गरिएको मोडलमा दिइने छ वा छैन भन्ने जानकारी छैन।

मारुतीले भारतबाट यो इभी निर्यात गर्ने बताएको मिडिया रिपोर्टहरुमा उल्लेख छ। यसलाई विशेष गरी ब्याट्रीबाट चल्ने विद्युतीय सवारीका लागि डिजाइन गरिएको हर्टईसीटी-ई (HEARTECT-e) प्लेटफर्ममा उत्पादन गरिनेछ। यसमा अगाडि र पछाडि दुईओटा छुट्टाछुट्टै विद्युतीय एक्सेल छन्। खराब सडकमा सवारी चलाउनका लागि ईभीटारामा ट्रेल मोड प्रदान गरिएको छ।

यो इलेक्ट्रिक एसयूभीमा ४९ किलोवाट आवर एफडब्लुडी र ६१ किलोवाट आवर ४डब्लुडीको दुईओटा ब्याट्री भेरियन्टहरू छन्। इभिटारामा सिंगल स्पीड ड्राइभ ट्रान्समिसन दिइएको छ।

४९ किलोवाट आवर ब्याट्री प्याकलाई १४२ बिएचपी/१८९ एनएम-उत्पादन गर्ने इलेक्ट्रिक मोटरसँग मिलाइएको छ। थप शक्तिशाली ६१ किलोवाट आवर प्याक २डब्लुडी भेषमा १७१ बिएचपी/१८९ एनएमको आउटपुटको साथ मिलाईएको छ। एडब्लुडी प्याकेजको टर्क ३०० एनएम रहेको बताईएको छ।

मारुतीको पहिलो इलेक्ट्रिक कारमा ठूलो टचस्क्रिन युनिट, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र दुई-स्पोक मल्टिफंक्शन स्टेयरिङ ह्वील छ।

अन्य सुविधाहरूमा विद्युतीय रूपमा समायोज्य अगाडिका सिटहरू, फ्लोटिंग सेन्टर कन्सोल, ग्लोसी-ब्ल्याक इन्सर्टहरू, र एक स्वत: डिमिङ आईआरभीएम समावेश छन्।

संभवत मारुती सुजुकीको ईभीटारा इभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ।

Sajilo Visa

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया