Technology Khabar ११ पुष २०८१, बिहीबार
काठमाडौं ।
सामसङले सेगाको सोनिक द हेजहग फ्रेन्चाइजसँग साझेदारी गर्दै नयाँ माइक्रोएसडी कार्डहरूको सिरिज ल्याएको छ। यसको नाम सोनिक द हेजहग प्रो प्लस राखिएको छ। यी कार्डहरू धेरै टिकाउ भएको र चार भेरियन्टमा उपलब्ध रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यसमा १२८ जीबी भेरियन्ट रातो रङमा नकल्स आइकनको साथ आएको छ भने २५६ जीबी भेरियन्ट पहेँलो रङ्मा टेल्स आइकनको साथ आएको छ। त्यसैगरी ५१२ जीबी भेरियन्ट नीलो रङमा सोनिक आइकनको साथ र १ टीबी भेरियन्ट कालो रङमा आइकनको साथ उपलब्ध छ।
१२८ जीबी भेरियन्टको मूल्य २३.९९ डलर, २५६ जीबी भेरियन्टको ३६.९९ डलर ५१२ जीबी भेरियन्टको ६८.९९ तथा १ टीबी भेरियन्टको १२५.९९ रहेको उल्लेख गरिएको छ। यी सबै कार्डहरू ए२ माइक्रोएसडी भएको र यिनीहरुले अधिकतम १८०एमबी प्रतिसेकेण्डको सिक्वेन्सियल रिड स्पीड र १३० एमबी प्रतिसेकेण्डको राइड स्पीड प्रदान गर्ने कम्पनीले दावी गरेको छ।
विशेषताहरू: यी कार्डहरू विभिन्न कठोर परिस्थितिहरू सहन सक्षम छन्:
यी टिकाउ र शक्तिशाली कार्डहरू विशेष गरी गेमिङ र डेटा भण्डारणमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि आकर्षक विकल्प बन्न सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ पुष २०८१, बिहीबार