मंसीर मसान्तसम्म साढे १५ करोडमाथिको स्मार्टवाच नेपाल भित्रियो

Technology Khabar ११ पुष २०८१, बिहीबार

मंसीर मसान्तसम्म साढे १५ करोडमाथिको स्मार्टवाच नेपाल भित्रियो
Global IME Bank

काठमाडौं ।

नेपालमा मंसीर मसान्तसम्म साढे १५ करोडभन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मंसीर महिनासम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ।

यो अवधिमा १५ करोड ७१ लाख ५४ हजार बराबरको ८१ हजार ७३५ थान स्मार्टवाच आयात भएको छ।

चालु आर्थिक वर्षको मंसीर महिनामा स्मार्टवाचका लागि १५ करोड ७१ लाख ५४ हजार रुपैयाँ देशबाहिर जाँदा सरकारले ४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्म नेपालमा २१ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ७४ हजार १२० थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ११ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट १ करोड ४ लाख ९६ हजार बराबरको ६ हजार २९२ थान र भियतनामाबाट ३ करोड १८ लाख ७३ हजार बराबरको १ हजार १२८ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं सं देश विवरण रकम (हजारमा)
चीन ७४१२० ११३५९६
भारत ६२९२ १०४९६
भियतनाम ११२८ ३१८७३
जर्मनी ७७ १०१
यूएई ३९ ११६
अमेरिका १६ १८८
कतार १४ ११

यसबाहेक बाँकी देशहरुबाट १ देखी ८ थानसम्म स्मार्टवाच आएको विवरणमा देखिएको छ।

Sajilo Visa

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया