ढल्केवरमा विषादी अवशेष जाँच्ने प्रयोगशाला सञ्चालन

Technology Khabar १० पुष २०८१, बुधबार

ढल्केवरमा विषादी अवशेष जाँच्ने प्रयोगशाला सञ्चालन
सांकेतिक तस्बिर: बिङ एआईको सहायतामा बनाइएको
Global IME Bank

काठमाडौं ।

धनुषाको ढल्केवरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा आएको छ। बजारमा बेच्न ल्याइएका हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच्न प्रयोगशाला एकाइ सञ्चालनमा ल्याइएको हो।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले बताए।

उनले मङ्गबार एक कार्यक्रमबिच जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन ठाकुर र केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले उद्घाटन गरेपछि प्रयोगशाला विधिवत् सञ्चालनमा आएको जानकारी दिए।

उनले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारी दिए। उनका अनुसार परीक्षण विधिमा विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम देखिए‌मा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ। विषादी मात्रा ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ।

ठाकुरले प्रयोगशालाले बजारमा आएका तरकारी तथा फलफूल दैनिक आठ/नौ वटा फरक फरक ठाउँबाट नमुना लिएर परीक्षण गर्न सकिने बताउनुभयो। सभापति ठाकुरले मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नस्ट गर्नुपर्ने बताए।

ढल्केबरस्थित कृषिउपज बजार सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रूपमा चिनिन्छ। इप्ताको तीन दिन लाग्ने यस बजारमा काठमाडौं, पोखरा, सिन्धुली, जनकपुरलगायतका सहरका व्यापारी आएर तरकारी तथा फलफुल खरिद गर्ने गरेका छन्।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार