पोको एक्स७ र पोको एक्स७ प्रोको आधिकारिक तस्बिरहरूका साथ स्पेक्स लीक

Technology Khabar १० पुष २०८१, बुधबार

पोको एक्स७ र पोको एक्स७ प्रोको आधिकारिक तस्बिरहरूका साथ स्पेक्स लीक
Global IME Bank

काठमाडौं ।

पोको एक्स७ र एक्स७ प्रो को दुबैको नयाँ आधिकारिक देखिने लीक तस्बिरहरू सहित स्पेक विवरणहरूको नयाँ लीक बाहिरिएको छ।

भेनिला मोडेल पोको एक्स७ मा १२० हर्ज रिफ्रेस रेटको साथ ६.६७ इन्चको “१.५के” एएमओएलईडी स्क्रिन र त्यसको टपमा गोरिल्ला ग्लास भिक्टस २ फिचर गरिएको उल्लेख छ। साथै हेल्ममा मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा एसओसी, १२ जीबी र्याम र ५१२ जीबी सम्मको स्टोरेज (भण्डारण) रहेको भनिएको छ। त्यसैगरी डस्ट एण्ड वाटर रेसिस्टेन्ट (धूलो र पानी प्रतिरोध) को लागि आईपी६८ सर्टिफिकेसन (प्रमाणीकरण) र ४५वाट फास्ट वायर्ड चार्जिङको समर्थन भएको ५,११० एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ।

त्यसैगरी एक्स७ ले ओआईएस र २× इन–सेन्सर जुम र २० मेगापिक्सेलको सेल्फी स्न्यापरको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा पाउने उल्लेख गरिएको छ।

एक्स७ प्रो भने भर्खरै अनावरण गरिएको मिडियाटेक डाइमेन्सिटी ८४०० चिपसेट द्वारा संचालित हुने बताइएको छ र शाओमीले यसलाई अझ राम्रो बनाउनको लागि “अल्ट्रा” सफिक्स (प्रत्यय( थपेको उल्लेख गरिएको छ।

एक्स७ प्रो फोनको स्क्रिन साइज र रिफ्रेस दर एक्स७ को जस्तै उस्तै भए तापनि एक्स७ प्रोको स्क्रिनमा ३,२०० निट्सको पिक ब्राइटनेस र २,५६० हर्ज स्याम्पलिङ दर रहेको भनि विज्ञापन गरिएको उल्लेख छ।

त्यसैगरी एक्स७ प्रोको मुख्य क्यामरा ओआईएस र एफ/१.५ एपर्चरको साथ ५० मेगापिक्सेलको रहेको छ। साथै यसले सोनीको आईएमएक्स८८२ सेन्सर प्रयोग गर्दछ भने डुअल ओआईएस र ईआईएस स्टेबलाईजेसन (स्थिरीकरण) को साथ ६०एफपीएसमा फोरके भिडियो रेकर्डिङलाई समर्थन गर्ने बताइएको छ। पोको एक्स७ प्रोको स्क्रिनको टपमा गोरिल्ला ग्लास ७आई रहेको र उही आईपी६८ डस्ट एण्ड वाटर रेसिस्टेन्ट (धूलो र पानी प्रतिरोध) मूल्याङ्कन गरिएको उल्लेख छ। साथै ९०वाट फास्ट वायर्ड चार्जिङको समर्थन सहितको ६,००० एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ।

पोको एक्स७ प्रो हाइपरओएस २ मा रन गर्ने र यो रिब्रान्डेड रेडमी टर्बो ४ हुन सक्ने उल्लेख गरिएको छ जुन अर्को महिनाको सुरुमा चीनमा लन्च हुँदैछ। साथै यो मिडियाटेकको डाइमेन्सिटी ८४०० प्रयोग गर्ने संसारको पहिलो स्मार्टफोन हुनेछ जुन माथिल्लो–मिडरेञ्ज खण्डमा सबै ठूला कोर सीपीयूसहितको पहिलो एसओसी हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया