आईफोन १७ प्रोले भन्दा पहिले आईफोन १८ प्रोमा भेरिएबल एपर्चर क्यामरा आउने कुओको दावी

Technology Khabar १० पुष २०८१, बुधबार

आईफोन १७ प्रोले भन्दा पहिले आईफोन १८ प्रोमा भेरिएबल एपर्चर क्यामरा आउने कुओको दावी
Global IME Bank

काठमाडौं ।

सम्भवतः सन् २०२६ को सेप्टेम्बरमा लन्च हुने आईफोन १८ प्रो अब आफ्नो मुख्य क्यामरामा भेरिएबल एपर्चर समावेश गर्ने पहिलो एप्पल मोडेल हुने भएको मिङ–ची कुओको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

कुओले यसअघि आईफोन १८ प्रोको साथ यो फिचर डेब्यू हुने उल्लेख गरेको भए तापनि अर्को रिपोर्टले भने त्यसको विपरित उक्त फिचर वास्तवमा अर्को वर्ष लन्च हुने बताएको उल्लेख छ। यद्यपि, कुओ भने एप्पललाई एपर्चर ब्लेडका लागि असेम्ब्ली इक्विपमेन्ट (उपकरणहरू) आपूर्ति गर्ने बीई सेमीकन्डक्टरको जानकारीलाई उद्धृत गर्दै आफ्नो प्रारम्भिक अनुमानमा अडिग रहेको उल्लेख गरिएको छ।

हालैका वर्षहरूमा धेरै एन्ड्रोइड फ्ल्यागशिप फोनहरूमा भेरिएबल एपर्चर क्यामराहरू देखा परेका छन् र एप्पलले यस विकासको नोट गर्दै यसलाई आफ्नो प्रो स्मार्टफोनहरूमा समावेश गर्ने योजना बनाएको जस्तो देखिन आएको छ। साथै ढिलो अपनाउने कम्पनीको रुपमा परिचित रहेको एप्पलले आफ्नो डिभाइसहरुमा यस्तो गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ। यद्यपि विगतका आविष्कारहरू हेर्ने हो भने र फिचरको साथ बजारमा पहिलो नभए तापनि एप्पलले कुनै पनि एन्ड्रोइड डिभाइस निर्माताले भन्दा धेरै राम्रो प्रविधि बजारमा ल्याउन सक्ने बताइएको छ। साथै आफ्नो डिभाइसहरुमा थपिने हरेक एउटा नयाँ कुराको बारेमा मानिसहरूलाई कसरी उत्साहित बनाउने भनेर एप्पलले राम्रोसँग जान्दछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया