क्रिसमसको उपलक्ष्यमा भाटभटेनी सुपरमार्केटहरूमा विशेष कार्यक्रम गर्दै नामी

Technology Khabar १० पुष २०८१, बुधबार

क्रिसमसको उपलक्ष्यमा भाटभटेनी सुपरमार्केटहरूमा विशेष कार्यक्रम गर्दै नामी
Global IME Bank

काठमाडौं ।

क्रिसमसको उपलक्ष्यमा नामीले भाटभटेनी सुपरमार्केटहरूमा विशेष चाडपर्वको कार्यक्रममार्फत नेपालभरका ग्राहकहरूलाई रमाइलो र उत्साहजनक सरप्राइजहरू प्रदान गर्दैछ।

डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका चयन गरिएका भाटभटेनी आउटलेटहरुमा आउने आगन्तुकहरूले सान्ता क्लजसँग भेटघाट गर्न, सरप्राइज उपहार प्राप्त गर्न, र पाँचतारे विलासी सुविधा भएको नम्मी गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

“भाटभटेनीमा नामीको साथ रमाइलो क्रिसमस” कार्यक्रम डिसेम्बर २३ मा सुरु भइसकेको छ र डिसेम्बर २५ सम्म भाटभटेनीका भक्तपुर, कोटेश्वर, सनागाउँ, र टोखा शाखाहरूमा चल्नेछ।

डिसेम्बर २५ मा यो कार्यक्रम काठमाडौं उपत्यकाबाहिरका भाटभटेनी शाखाहरु, जस्तै वीरगञ्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा पनि विस्तार हुनेछ।

आयोजकका अनुसार उक्त कार्यक्रममा सहभागीहरूले सान्ता क्लजसँग भेटघाट गर्ने, विशेष चाडपर्वका उपहारहरू प्राप्त गर्ने, र धेरै उत्साहजनक अनुभवहरूमा सहभागी हुन पाउनेछन्। सरप्राइज उपहार र विभिन्न गिफ्टहरू पनि उपलब्ध हुनेछन्, जसले कार्यक्रमलाई अझ रमाइलो बनाउनेछ।

यसका साथै, आगन्तुकहरूले विलासी सुविधाहरू भएको नामी गाडीको टेस्ट ड्राइभ गरेर यसको विशेषताहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

Sajilo Visa

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार