इसेवाले भन्यो- ‘हाम्रो सिस्टम ह्याक भएको छैन, रकम चोरी भएको छैन्’

Technology Khabar ९ पुष २०८१, मंगलवार

इसेवाले भन्यो- ‘हाम्रो सिस्टम ह्याक भएको छैन, रकम चोरी भएको छैन्’
Global IME Bank

काठमाडौं ।

डिजिटल वालेट कम्पनी इसेवाले आफ्नो सिस्टमबाट कुनै रकम चोरी नभएको र सुरक्षा प्रणाली सशक्त रहेको दाबी गरेको छ।

कम्पनीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा प्रकाशित इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता समाचारहरु भ्रामक र आधारहीन भएको दाबी गर्दै त्यस्ता समाचारहरुको पछि नलाग्न ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गरेको छ।

केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

कम्पनीले भनेको छ, “इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराउन चाहान्छौं । सर्वप्रथम इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौं। भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ। यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ।”

कम्पनीले सोहीअनुसार भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न आग्रह गरेको छ। इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेकोमा इसेवा विश्वस्त पार्न चाहेकोजारी विज्ञप्तीमा उल्लेख छ।

Sajilo Visa

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया