सीबीएम नेपालद्वारा डिजिटल पहुँचलगायतका परियोजना सञ्चालनका लागि आशयपत्र माग

Technology Khabar ९ पुष २०८१, मंगलवार

सीबीएम नेपालद्वारा डिजिटल पहुँचलगायतका परियोजना सञ्चालनका लागि आशयपत्र माग
Global IME Bank

काठमाडौं ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सिबिएम नेपालले डिजिटल पहुँच तथा समावेशी शिक्षा विषयगत क्षेत्रहरुका लागि सन् २०२५ देखि स्थानीय स्तरमा सन्चालन हुने कार्यक्रमहरूको लागि आशय पत्र माग गरेको छ।

संस्थाले आज एक सूचना प्रकाशन गरी यस्तो माग गरेको हो। ‘ुइच्छुक अपाङ्गता भएका व्यक्तिहरूको संगठन ९ओपीडी० लगायत अन्य गैरसरकारी संस्थाहरूबाट सम्भावित परियोजना सञ्चालनको लागि आशय पत्र ९ईओआई० पेश गर्नका लागि आहवान गर्दछु’, सूचनामा उल्लेख छ।

यसका लागि इच्छुक गैरसरकारी संस्थाहरूले आज पौष ९ गतेदेखि १५ गतेसम्म सिबिएम नेपालको ईमेल मार्फत पूर्ण विवरण सहितको आशय पत्रको प्राप्त गर्न सकिने बताइएको छ।

यसमा इच्छुक गैरसरकारी संस्थाहरूले विषयगत क्षेत्र, प्रदेश तथा जिल्ला खुलाई मिति आगामी पौष १५ गते दिउँसो ५ बजेभित्र सिबिएमको ईमेल ([email protected]) मा आवश्यक कागजात सहित आशय पत्र बुझाउन सूचित गरेको छ।

‘तोकिएको ढांचामा र समयभित्र प्राप्त आशय पत्र मात्र छनौट प्रकृयामा समावेश गरिनेछ। आशय पत्र स्वीकार गर्ने वा रद्द गर्ने अधिकार सिबिएम नेपालमा निहित रहनेछ। छनौट प्रक्रियाको क्रममा कुनै पनि तरिकाले प्रभाव पार्ने प्रयास गरेमा उक्त संस्थाको आवेदन रद्द हुनेछ’, सूचनामा भनिएको छ।

Sajilo Visa

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया