Technology Khabar ९ पुष २०८१, मंगलवार
काठमाडौं ।
श्रीलङ्काको औद्योगिक विकास बोर्ड (आईडीबी) ले भविष्यमा नयाँ उद्योगहरूको लागि जग्गा आवंटन गर्दा विद्युतीय, इलेक्ट्रोनिक र मेकानिकल क्षेत्रहरूलाई प्राथमिकता दिने योजना बनाएको आइडीबीका अध्यक्ष रवि निसान्काले बताएका छन।
उनले भने,“आईडीबीले भर्खरै सुरु गरेको पहलमार्फत व्यापार प्रस्तावहरू सङ्कलन गरिरहेको छ । बोर्डले सबैभन्दा आशाजनक प्रस्तावहरूलाई जग्गा बाँडफाँट गर्ने कार्ययोजना विकास गर्न चाहन्छ।”
विद्युतीय, इलेक्ट्रोनिक र मेकानिकल क्षेत्रका आयोजनालाई प्राथमिकता दिइने भएकाले यी उद्योगहरू छिट्टै सञ्चालनमा ल्याई देशलाई तत्काल आर्थिक लाभ हुने अपेक्षा गरिएको उनले थपे। रासस/सिन्ह्वा
प्रकाशित: ९ पुष २०८१, मंगलवार