कोरियामा बन्यो ‘कम्मरभन्दा तलको भाग नचल्ने’ हरुलाई हिँड्न र भर्याङ चढ्न सघाउने आईरन म्यान रोबोट

Technology Khabar ९ पुष २०८१, मंगलवार

कोरियामा बन्यो ‘कम्मरभन्दा तलको भाग नचल्ने’ हरुलाई हिँड्न र भर्याङ चढ्न सघाउने आईरन म्यान रोबोट
Global IME Bank

काठमाडौं ।

दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले प्याराप्लेजिक (कम्मरभन्दा तलको भाग नचल्ने) प्रयोगकर्ताहरूलाई हिँड्न, अवरोध पार गर्न र भर्याङ चढ्न सक्षम बनाउने हल्का वजनको लगाउन मिल्ने रोबोट विकास गरेका छन्।

कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (केएआईएसटी) को एक्सोस्केलेटन ल्याब टोलीले यो रोबोट अपांगता भएका व्यक्तिहरूको दैनिक जीवनमा सहज रूपमा घुलमिल हुने गरी बनाउने लक्ष्य राखेको रोयटर्सले उल्लेख गरेको छ।

आफू स्वयं प्याराप्लेजिक रहेका केएआईएसटी टोलीका सदस्य किम सेउङ-ह्वानले यो रोबोटको प्रोटोटाइप प्रदर्शन गरे। उक्त रोबोटले उनलाई ३.२ किमि प्रति घण्टा (२ माइल प्रति घण्टा) को गतिमा हिँड्न, भर्याङ चढ्न र साइड स्टेप गरेर बेन्चमा बस्न मद्दत गर्‍यो।

किमले भने, “यो जहाँ म छु, त्यहीँ आएर मलाई लगाउन मिल्छ। यसले मलाई उठ्न मद्दत गर्दछ, जुन यसको विशेषताहरू मध्ये एक हो।”

वाकअन सुट एफ१ नामले चिनिने यो पावर्ड एक्सोस्केलेटन ५० किलोग्राम (११० पाउन्ड) को तौलमा एल्युमिनियम र टाइटेनियमबाट बनेको छ। यसमा १२ वटा इलेक्ट्रोनिक मोटरहरू छन्, जसले हिँड्दाको मानव जोडाहरूको चालको नक्कल गर्छ।

केएआईएसटी टोलीका अर्को सदस्य पार्क जङ-सुले भने, “म ‘आइरन म्यान’ फिल्मबाट प्रेरित भएँ। त्यो फिल्म हेरेपछि, वास्तविक जीवनमा मानिसहरूको मद्दत गर्ने यस्तो रोबोट बनाउन पाए कस्तो होला भन्ने सोचें।”

रोयटर्सका अनुसार यो रोबोटले हिँड्दाको सन्तुलन सुनिश्चित गर्न, यसको तलुवा र माथिल्लो भागमा रहेका सेन्सरहरूले प्रति सेकेन्ड १,००० सिग्नलहरू अनुगमन गरी प्रयोगकर्ताको चाल पहिचान गर्दछ।

रोबोटको अगाडिको भागमा रहेको लेन्सले आँखाको रूपमा काम गर्छ। यसले वरपरको वातावरण विश्लेषण गरेर भर्याङको उचाइ र अवरोधहरू पत्ता लगाई पूर्ण प्याराप्लेजियाका प्रयोगकर्ताहरूको संवेदनशीलताको अभावलाई पूर्ति गर्छ।

किम सेउङ-ह्वानले २०२४ को साईबाथलनमा वाकअन सुट एफ१ लगाएर एक्सोस्केलेटन विधामा स्वर्ण पदक जिते। यस प्रतियोगितामा विभिन्न अपांगताका अनुसन्धानकर्ताहरूले आठ विधामा सहायक रोबोटहरूको प्रदर्शन गरे।

किमले भने, “म आफ्नो छोरोलाई भन्न चाहन्थें कि म पनि एक समय हिँड्न सक्छथें। म उसँग विभिन्न अनुभवहरू साझा गर्न चाहन्थें।”

Sajilo Visa

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार