रियलमी १४ प्रो सिरिज आगामी महिना लन्च गरिने

Technology Khabar ९ पुष २०८१, मंगलवार

रियलमी १४ प्रो सिरिज आगामी महिना लन्च गरिने
Global IME Bank

काठमाडौं ।

रियलमीले आगामी महिना रियलमी १४ प्रो सिरिज लन्च गर्ने घोषणा गरेको छ। यद्यपि कम्पनीले मितिको बारेमा भने खुलासा नगरको उल्लेख छ।

रियलमी १४ प्रो सिरिजमा रियलमी १४ प्रो र रियलमी १४ प्रो+ गरी दुईवटा स्मार्टफोनहरू छन्। दुबै स्मार्टफोनहरूले कलर–चेन्जिङ (रङ्ग परिवर्तन गर्ने) ब्याक प्यानलहरू फिचर गर्नेछन्। यसअघि रियलमी ९ प्रो+ पनि कलर–चेन्जिङ (रङ्ग परिवर्तन गर्ने) रियर प्यानलको साथ आएको थियो जुन यूभी लाइट अन्तर्गत रंग परिवर्तन हुने बताइएको छ। १४ प्रो सिरिजको कभरहरूले भने तापमान १६ डिग्री सेल्सियस वा कम भएको अवस्थामा मात्र रङ्ग परिवर्तन गर्नेछन्

रियलमीले अझै सम्म पनि १४ प्रो वा १४ प्रो+ को स्पेक्स सिट्स (पानाहरू) को बारेमा विस्तृत खुलासा गरेको छैन। यद्यपि प्रो+ स्न्यापड्रागन ७एस जेन ३ एसओसी द्वारा संचालित हुने थाहा हुन आएको उल्लेख गरिएको छ।

आगामी दिनहरूमा रियलमी १४ प्रो सिरिजको बारेमा थप जानकारी बाहिरिने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार