Technology Khabar ९ पुष २०८१, मंगलवार
काठमाडौं ।
एक्स (पूर्व ट्विटर) ले आफ्नो उच्च-स्तरीय सदस्यता सेवा प्रिमियम प्लसको मूल्य ३७.५ प्रतिशतले बढाउने भएको छ। यो २०२२ मा इलन मस्कले कम्पनी प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो मूल्य वृद्धिको रूपमा रहेको छ।
संयुक्त राज्य अमेरिकामा प्रिमियम प्लस सेवाको मासिक मूल्य १६ डलरबाट बढेर २२ डलर पुगेको छ, जुन डिसेम्बर २१ देखि लागू हुनेछ। वार्षिक सदस्यता लागत पनि १६८ डलरबाट बढेर २२९ डलर भएको छ।
एक्सले आफ्नो अनुभवलाई समर्थन गर्न मूल्य समायोजन गरिएको बताएको छ। वर्तमान ग्राहकहरूले भने जनवरी २० सम्म पुरानै दरमा सेवा लिन पाउने टेकक्रञ्चले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय बजारहरूमा पनि यस्तै वृद्धि भएको छ। युरोपेली संघमा मासिक मूल्य १६ बाट २१ युरोमा पुगेको छ भने क्यानडामा प्रिमियम प्लसको दर २० डलरबाट २९ डलरले बढेको छ।
तर केही बजारहरूमा मूल्य वृद्धि झनै प्रभावकारी देखिएको छ।
नाइजेरियामा प्रिमियम प्लस सेवाको मासिक लागत ७,३०० नाइजेरियन डलरबाट बढेर ३४,००० नाइजेरियन डलर पुगेको छ। यसैगरी, टर्कीमा मासिक सदस्यताका लागि ३०० लिरा तिर्ने प्रयोगकर्ताहरूले अब ७७० लिरा तिर्नुपर्नेछ।
प्लेटफर्मको आधारभूत सदस्यता सेवा भने ३ डलर मासिकमै यथावत् रहेको छ।
प्रकाशित: ९ पुष २०८१, मंगलवार