स्पेसएक्सद्वारा ब्यान्डवागन-२ राइडशेयर मिशनअन्तर्गत ३० ओटा स्याटेलाइट प्रक्षेपण

Technology Khabar ८ पुष २०८१, सोमबार

स्पेसएक्सद्वारा ब्यान्डवागन-२ राइडशेयर मिशनअन्तर्गत ३० ओटा स्याटेलाइट प्रक्षेपण
Global IME Bank

काठमाडौं ।

स्पेसएक्सले शनिबार बिहान (डिसेम्बर २१) ३० उपग्रहलाई कक्षमा प्रक्षेपण गरेको छ। क्यालिफोर्नियाको भ्यान्डनबर्ग स्पेस फोर्स बेसबाट शनिबार बिहान ६:३४ ईडीटी (११:३४ जीएमटी; क्यालिफोर्निया समय अनुसार बिहान ३:३४) मा फाल्कन ९ रकेट प्रक्षेपण गरिएको थियो। यो मिशनलाई स्पेसएक्सले “ब्यान्डवागन-२” नाम दिएको छ।

ब्यान्डवागन-२ मिशनमा दक्षिण कोरियाको डिफेन्स डेभलपमेन्ट एजेन्सीका पेलोडहरू सहित “एरो साइन्स एण्ड टेक्नोलोजी, एक्सोलन्च, हकआई ३६०, म्याभरिक स्पेस सिस्टम्स, सिडस स्पेस, टुमरो कम्पनीज इन्क, ट्रु एनोमली र थिंक अर्बिटल” का ३० उपग्रह पठाइएको थियो।

स्पेसएक्सले यसअघि पनि एउटा ब्यान्डवागन मिशन (ब्यान्डवागन-१) पूरा गरिसकेको छ, जसले गत अप्रिलमा ११ उपग्रह प्रक्षेपण गरेको थियो। यसबाहेक, कम्पनीले “ट्रान्सपोर्टर” नामक श्रृंखलामा अन्य राइडशेयर मिशनहरू पनि गर्दै आएको स्पेस डटकमले उल्लेख गरेको छ।

स्पेसएक्सले अहिलेसम्म ११ ट्रान्सपोर्टर मिशन पूरा गरिसकेको छ। पहिलो ट्रान्सपोर्टर मिशन जनवरी २०२१ मा सम्पन्न भएको थियो, जसले एकैपटक १४३ उपग्रह प्रक्षेपण गरेर कीर्तिमान कायम गरेको थियो।

शनिबारको योजनाअनुसार, प्रक्षेपण भएको करिब आठ मिनेटपछि फाल्कन ९ को पहिलो चरण पृथ्वीमा फर्केर भ्यान्डनबर्गमा सुरक्षित अवतरण गर्‍यो।

स्पेसएक्सको अनुसार, यो बुस्टरको यो २१औँ उडान थियो, जुन कम्पनीको रकेट पुन:प्रयोगको कीर्तिमानबाट तीन कम छ। स्पेसएक्सले ३० उपग्रहको तैनाथीको समय तालिका भने खुलाएको छैन।

Sajilo Visa

प्रकाशित: ८ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया