गुगल मेसेजेजमार्फत सन्देश पठाउनका लागि स्याटेलाइट कनेक्सन सेवा

Technology Khabar ८ पुष २०८१, सोमबार

गुगल मेसेजेजमार्फत सन्देश पठाउनका लागि स्याटेलाइट कनेक्सन सेवा
Global IME Bank

काठमाडौं ।

एन्ड्रोइड १५ ले स्याटेलाइट कनेक्सनको लागि समर्थन ल्याएको छ। यद्यपि उक्त फिचर (सुविधा) अपरेटरमा निर्भर हुने बताइएको छ।

स्टारलिङ्कद्वारा संचालित टी–मोबाइलको स्याटेलाइट सेवासँग गुगलले गुगल मेसेजेजमा फिचरको रोलआउटको गति बढाएको देखिन्छ।

भूउपग्रह–आधारित सञ्चारमार्फत सेलुलर वा वाईफाई सिग्नल नभएको अवस्थामा पनि कुराकानी जारी राख्न सकिनेछ।

गुगल मेसेजेसहरूमार्फत सिधा स्याटेलाइट (भूउपग्रह) मा जडान गर्न सक्षम हुने गत अप्रिल महिनाको लीकले दावी गरेको छ।

फिचर आधिकारिक रूपमा लाइभ नभएतापनि, एन्ड्रोइडले यो कस्तो देखिनेछ भनेर देखाउन सक्षम भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताले स्थलीय सञ्जालहरूमा कनेक्सन (जडान) गुमाएपछि, तपाईंलाई टेक्स्ट (सन्देश) हरू पठाउन र प्राप्त गर्नको लागि स्याटेलाइट कनेक्सन (भूउपग्रहमा जडान) गर्न चाहनुहुन्छ भनेर स्क्रिनमा सोधिने बताइएको छ।

यद्यपि, सबै फिचर्स (सुविधाहरू) भने समर्थित नहुने थप उल्लेख गरिएको छ।

उदाहरणका लागि, वान–अन–वान टेक्स्टहरूले भूउपग्रह मार्फत काम गर्नेछन् भने ग्रुप मेसेजेज (समूह सन्देशहरू) समर्थित हुनेछैनन्।

अघिल्लो रिपोर्टहरूका अनुसार, स्याटेलाइट मेसेजेस (भूउपग्रह सन्देशहरू) ले स्थलीय सञ्चार प्रणालीहरू, अर्थात् वाईफाई र सेल टावरहरू मार्फत पठाइएका सन्देशहरू भन्दा बढी समय लिन सक्ने बताइएको छ भने यसले ईमेज (तस्बिर) र भिडियो समावेश नगर्ने उल्लेख गरिएको छ।

त्यसैगरी कनेक्सन स्थापित गर्न र कायम राख्नको लागि सफा आकाश चाहिने छ। साथै टी–मोबाइलले यसलाई सहज बनाउन सक्ने बताइएको छ।

Sajilo Visa

प्रकाशित: ८ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया