Technology Khabar ८ पुष २०८१, सोमबार
काठमाडौं ।
पानासोनिक ले आफ्नो लुमिक्स लाइनअपमा ‘लुमिक्स जी९७’ हाइब्रिड माइक्रो फोर थर्ड्स क्यामरा र लुमिक्स ‘जेडएस९९’ कम्प्याक्ट ट्राभल जुम क्यामरा गरी दुई नयाँ क्यामराहरू प्रस्तुत गरेको छ। दुबै मोडेलहरूले व्यावहारिक सुविधाहरू र प्रयोगको सहजताका साथ फोटोग्राफरहरू र भिडियोग्राफरहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको उल्लेख छ।
लुमिक्स जेडएस९९ः यात्रा र दैनिक प्रयोगको लागि कम्प्याक्ट क्यामरा
शक्तिशाली जुम क्षमता भएको सानो, पोर्टेबल क्यामरा चाहिने प्रयोगकर्ताहरूका लागि लुमिक्स जेडएस९९ डिजाइन गरिएको बताइएको छ। यस क्यामरामा २४–७२०एमएम लाईका डीसी लेन्स फिचर गरिएको छ जसले ३०× अप्टिकल जुम र आईजुम सँग ६०× सम्म प्रदान गर्दछ। यसले गर्दा यो क्यामरा वाइड ल्याण्डस्केपदेखि डिटेल्ड क्लोज–अपसम्मका विभिन्न दृश्यहरू खिच्नको लागि उपयुक्त हुने बताइएको छ। क्यामरामा ५–एक्सिस हाइब्रिड अप्टिकल ईमेज स्टेबलाइजेसन पनि समावेश गरिएको उल्लेख छ जसले अधिकतम जुममा ह्यान्डहेल्ड शूट गर्दा पनि ब्लर (धमिलोपन) लाई कम गर्ने बताइएको छ।
जेडएस९९ ले क्लियर (स्पष्ट) र डिटेल्ड (विस्तृत) फुटेज सुनिश्चित गर्दै ३०पी मा फोरके भिडियो रेकर्ड गर्न सक्ने बताइएको छ। यसले फोरके फोटो मोडलाई पनि समर्थन गर्ने उल्लेख गरिएको छ जसले प्रयोगकर्ताहरूलाई ३० फ्रेम प्रति सेकेन्डमा फास्ट–एक्सन मोमेन्टस् (क्षणहरू) खिच्न अनुमति दिनेछ। क्रियटिभ इफेक्ट्स (रचनात्मक प्रभावहरू) को लागि क्यामराले स्लो–मोशन शटहरूको लागि १२०एफपीएस मा एचडी हाई–स्पिड भिडियो प्रदान गर्दछ। टिल्टिङ १,८४०के–डट टचस्क्रिनले विभिन्न कोणबाट सटहरू फ्रेम गर्न सजिलो बनाउने बताइएको छ र यूएसबी टाइप–सी चार्जिङ पोर्टले यात्रा गर्दा क्यामरा प्रयोगको लागि सहज बनाउने उल्लेख गरिएको छ।
बिल्ट–इन ब्लुटुथ र वाई–फाई मार्फत फोटोहरू साझेदारी गर्न सजिलो हुने बताइएको छ। साथै एक डेडिकेटेड (समर्पित) बटनले स्मार्टफोनमा छिटो रुपमा तस्बिर स्थानान्तरण गर्न अनुमति दिने उल्लेख गरिएको छ। लुमिक्स जेडएस९९ को मूल्य ४९९.९९ अमेरिकी डलर कायम गरिएको छ भने यो क्यामरा ब्ल्याक (कालो) र सिल्भर (चाँदी) रङ्गमा सन् २०२५ को फेब्रुअरीमा उपलब्ध हुनेछ।
लुमिक्स जी९७ः फोटोग्राफी र भिडियोको लागि भर्सटायल क्यामरा
फोटोग्राफी र भिडियोको लागि उन्नत सुविधाहरू संयोजन गर्ने लुमिक्स जी९७ एक हाइब्रिड क्यामरा भएको बताइएको छ। यसको २०.३एमपी सीएमओएस सेन्सर र हाई–पर्फमेन्स प्रोसेसरले जीवन्त रङहरूको साथ र्साप ईमेज (तस्बिरहरू) प्रदान गर्दछ। यस क्यामरामा समावेश गरिएको लाइभ भ्यू कम्पोजिट मोडले प्रयोगकर्ताहरूलाई रियल टाईम (वास्तविक समय) मा मल्टिपल (धेरै) एक्सपोजरहरू कम्बाइन (संयोजन) गर्न अनुमति दिनेछ जसले ब्याकग्राउण्ड (पृष्ठभूमि) लाई ओभरएक्सपोज नगरी स्टार (तारा) ट्रेल्सहरू वा इलुमिनेटेड सिन्सहरू जस्ता इफेक्ट्सहरू सिर्जना गर्न मद्दत गर्नेछ।
लुमिक्स जी९७ क्यामरामा ३०एफपीएसमा हाई–रिजोल्युसन बर्स्टहरू क्याप्चर गर्न फोरके फोटो मोड समावेश गरिएको छ। यसको ५–एक्सिस डुअल आई.एस.२ स्टेबलाइजेसन सिस्टम (स्थिरीकरण प्रणाली) ले चुनौतीपूर्ण अवस्थामा पनि फोटो र भिडियोहरूलाई स्थिर राख्ने बताइएको छ। भिडियोको लागि, क्यामराले ३०पी मा फोरकेमा रेकर्ड गर्दछ भने एफएचडीमा स्लो–मोशन र क्विक–मोशन विकल्पहरू प्रदान गर्ने उल्लेख गरिएको छ। साथै यसले थप सिनेमेटिक भिडियोहरूको लागि भी–लग एल को १२ स्टप्सहरूलाई पनि समर्थन गर्दछ। हेडफोन र माइक्रोफोन ज्याकहरूले प्रयोगकर्ताहरूलाई रेकर्डिङको समयमा अडियो नियन्त्रण गर्न अनुमति दिने बताइएको छ।
क्यामराको बडि ड्यूरेबल डस्ट–एण्ड–स्प्ल्यास–रेसिस्टेन्ट (प्रतिरोधी) रहेको र हुनाले यो विभिन्न शूटिंग वातावरणको लागि विश्वसनीय हुने बताइएको छ। यसको फ्रि–एंगल एलसीडी र ओएलईडी लाइभ भ्यू फाइण्डरले सही फ्रेमिङ र फोकस गर्न मद्दत गर्दछ। क्यामरामा ब्लुटुथ र वाई–फाई कनेक्टिभिटिको साथमा यूएसबी टाइप–सी चार्जिङले सुविधा समावेश गरिएको छ। लुमिक्स जी९७ १२–६०एमएम लेन्स किट सहित ८४९.९९ अमेरिकी डलरमा सन् २०२५ को फेब्रुअरीमा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ पुष २०८१, सोमबार