Technology Khabar ८ पुष २०८१, सोमबार
काठमाडौं ।
अर्बपति इलन मस्कको स्वामित्वमा रहेको कम्पनीले अब कोसोभोमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध भएको घोषणा गरेको छ।
यस बारे मस्क आफैले एक्समा पुष्टि गरेको र उक्त पोस्टले ११.५ मिलियन भ्यूजहरू जम्मा गरेको छ।
त्यसका साथै, संसारको सबैभन्दा नवीन कम्पनीहरू मध्ये एक स्टारलिङ्कको नक्सामा कोसोभोलाई राख्नु, देशको लागि राम्रो प्रवर्द्धन पनि मानिएको छ।
स्पेसएक्स कम्पनीको स्वामित्वमा रहेको स्टारलिङ्क कम्पनीले १०० भन्दा बढी देश र क्षेत्रहरूमा स्याटेलाइट इन्टरनेट उपलब्ध गराएको टेलिग्राफले रिपोर्ट गरेको छ।
हाल कम्पनीको ६,००० उपग्रहहरू पृथ्वीबाट लगभग ५०० किलोमिटर माथि अवस्थित रहेको छन्।
स्टारलिङ्कले ट्रेडिस्नल कनेक्सन (परम्परागत जडान) हरू सीमित वा अनुपस्थित भएका क्षेत्रमा हाई–स्पिड (उच्च–गति), लो ल्याटेन्सि (कम विलम्बता) इन्टरनेट उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख छ।
हाल, कोसोभोको लागि निर्दिष्ट मूल्यहरू प्रकाशित नगरिएको उल्लेख छ। यद्यपि, छिमेकी देशहरूको मूल्यहरूको आधारमा केही अनुमान गर्न सकिने उल्लेख गरिएको छ।
प्रारम्भिक उपकरणः अल्बानियामा, उपकरणको लागत लगभग ३६० यूरो लागेको हुनाले कोसोभोमा पनि समान मूल्य हुने सम्भावना रहेको बताइएको छ।
मासिक सदस्यताः अल्बानियामा, मासिक शुल्क लगभग १०० अमेरिकी डलर (लगभग ९२ यूरो) रहेको छ। तसर्थ, कोसोभोमा समान मूल्य आशा गर्न सकिने बताइएको छ।
त्यसैगरी यो समाचारलाई कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले पनि स्वागत गरेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री कुर्तीले यो डिजिटल इन्फ्रास्ट्रक्चरलाई अगाडि बढाउने महत्वपूर्ण कदम भएको भनि फेसबुक पोष्टमा लेखेको टेलीग्राफीले उल्लेख गरेको छ।
प्रकाशित: ८ पुष २०८१, सोमबार