Technology Khabar ८ पुष २०८१, सोमबार
काठमाडौं ।
स्मार्टफोन क्यामराका लागि इमेज सेन्सरहरू बनाउने सोनी सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले सन् १९८० को दशकमा ट्रान्जिस्टर बनाउन थालेदेखि ईमेज सेन्सरहरूको शिपमेन्ट २० अर्ब पुगेको घोषणा गरेको छ।
प्रेसिडेण्ट योशिहिरो यामागुचीले निक्केई एशियालाई मोबाइल डिभाइसहरू ठूलो संख्याको मुख्य कारण भएको बताएका छन् र जुन सन् २०१९ र सन् २०२४ को पाँच वर्षको बीचमा १० देखि २० बिलियनमा दोब्बर भएको उल्लेख छ।
त्यसैगरी स्मार्टफोनहरूमा क्यामराको संख्या बढेको कारणले शिपमेन्टको द्रुत दर पनि वृद्धि भएको उल्लेख छ। सन् २०१६ र सन् २०१७ देखि हामीले डुअल–क्यामरा स्मार्टफोनहरू देख्न थालेका थियौं र आज मूल्य स्पेक्ट्रममा फोर–क्यामरा डिभाइसहरू सामान्य भइसकेका छन्।
सेमीकन्डक्टर डिभिजनले कुमामोटो, नागासाकी र ओइटामा रहेका तीनवटा प्लान्ट सञ्चालन गरिरहेको कार्यकारीले खुलासा गरेको छन्।
नागासाकी र ओइटा प्लान्टहरू मोबाइल डिभाइसहरूको लागि आईएसपी विकास गर्नमा केन्द्रित रहेको छन् भने अब सम्पूर्ण व्यवसाय इन–भेहिकल डिभाइसहरू, स्मार्ट फ्याक्ट्रिज (कारखानाहरू), स्मार्ट आईसीटी क्यामराहरू, लेजर डिभाइसहरू र डाटा केन्द्रहरूका लागि सेन्सरहरू आपूर्ति गर्न पनि उत्सुक रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ पुष २०८१, सोमबार