‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको गुनासो

Technology Khabar ७ पुष २०८१, आईतवार

‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको गुनासो
Global IME Bank

काठमाडौं ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गरेका छन्।

नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलाअन्तर्गत आज काउन्सिलमा भएको कार्यक्रममा उनले आधारहीन आरोप र पक्षधरताले सञ्चारमाध्यमकै बद्नाम हुने भएकाले तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए त्यसको नाममा आलोचना मात्रै गर्नु र सन्तुललन गुमाउनु मर्यादित पत्रकारिताविपरित भएको अध्यक्ष बस्नेतको भनाइ थियो। “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगत्ले खेपिरहनुपरेको छ। त्यसैले अहिले आधारहीन आरोप नभई आलोचनात्मक पत्रकारिताको खाँचो छ”, उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ  पालना गर्नुपर्ने बताए। प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण र लागू गराउने भएकाले पछिल्लो समय नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गर्ने काम सराहनीय र प्रभावकारी रहेको बताए।

विषयविज्ञ फूलमान बलले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भनेर चिन्ने गरिएकाले यसमा प्रश्न उठाउने काम पत्रकार आफैँले गर्न नहुने बताए। नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक उनले राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक रहेको धारणा राखे।

अग्रज पत्रकार अरुण बरालले पत्रकारितामा आर्थिक सङ्कटसँगै सामग्री (कन्टेन्ट)को सङ्कट देखिएको उल्लेख गरे। काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत काउन्सिलले जारी गरेका चार ओटा निर्देशिका कार्यान्वयन गरेमा समाचार विवादरहित हुने बताए। रासस

Sajilo Visa

प्रकाशित: ७ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया