सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ

Technology Khabar ७ पुष २०८१, आईतवार

सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ
फाइल तस्बिर।
Global IME Bank

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताएका छन। आज ह्वावे नेपालको हात्तीसारमा रहेको ह्वावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उनले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिए।

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उहाँले यसका लागि ह्वावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राखे। मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिए।

ह्वावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले ह्वावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताए। ह्वावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाए।

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका बिजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो। रासस
Sajilo Visa

प्रकाशित: ७ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया