Technology Khabar ७ पुष २०८१, आईतवार
काठमाडौं ।
हालै आफ्नो अनुहार मिल्नेगरी सामाजिक सञ्जालमा राखिएको डीपफेक भिडियोमार्फत् आफ्नो चरित्रहत्या भएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी गरेकी छिन्।
नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिँदै गायिका अधिकारीले डीपफेक प्रविधिको दुरुपयोग गरी अवाञ्छित भिडियो बनाएर आफ्नो चरित्रहत्या भएको उल्लेख गरेकी छिन्।
उनले हिजो पौष ६ गते साइबर ब्यूरोमा उजुरी हालेकी हुन्। उनले उजुरीमा एआई दुरुपयोग गरी चरित्रहत्या गरेको उल्लेख गरेकी छिन्।
उजुरी दिएपछि उनले यस विषयमा आफ्नो फेसबुक एकाउन्टमा पनि लेखेकी छिन् जसमा भनिएको छ: ‘मेरो चरित्र हत्या गर्ने व्यक्ति विरुद्ध आज साइबर व्युरोमा निवेदन दिएकी छु। मेरो व्यक्तिगत र पारिवारिक जिवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ। साइबर व्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएको छु। कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जिवनलाई असर पर्ने गरी ग्रैह कानूनी क्रियाकलाप नगरीदिनुहुन अनुरोध गर्दछु।’
उनले उजुरीमा ‘दिपु कान्छो’ नाम राखिएको फेसबुक पेजबाट आपत्तिजनक भिडिओ पोस्ट गरिएका कारण आफूले मानसिक तनाव खेप्नुपरेको उल्लेख गरेकी छिन् ।
यसअघि काडमाडौैं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पनि डीपफेक भिडियो बनाएको भन्दै प्रहरी उजुरी दिएकी थिइन्।
काठमाडौं महानगरकी उपमेयर डङ्गोलले आफ्नो फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा दिइन् उजुरी
सम्बन्धित समाचार
डीपफेक के हो? यो कसरी मिथ्या समाचारभन्दा कैयाैं गुणा खतरनाक हुन्छ ?
प्रकाशित: ७ पुष २०८१, आईतवार