Technology Khabar ७ पुष २०८१, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले लाभांशमा लाग्ने करसहित नगद लाभांश वितरण गर्न प्रस्ताव कम्पनीले गरेको हो।
लाभांश पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृहमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।
प्रकाशित: ७ पुष २०८१, आईतवार