काठमाडौं ।
विश्वभर स्टक एस्ट्रोनट्स (फसेका अन्तरिक्ष यात्रीहरू) का रूपमा परिचित, बुच विल्मोर र सुनिता विलियम्सले बिहीबार अन्तरिक्षमा ६–महिना पार गरेका छन्।
यो जोडी गत जून महिनाको ५ तारिखमा अर्बिट (कक्षा) मा प्रस्थान गरेको थियो। साथै एक हप्ताको परीक्षण उडानको लागि भनिएको बोइङको नयाँ स्टारलाइनर क्रु क्याप्सुलमा सवारी गर्ने यो जोडी पहिलो भएको बताइएको छ।
थ्रस्टर फेलियर र हिलियम ग्याँस चुहावटको समस्यालाई पार गर्दै तिनीहरू प्रस्थान गरेको भोलिपल्ट इन्टरनेसनल स्पेस स्टेशनमा पुगेका थिए। नासाले भने क्याप्सुल फिर्ताको उडानको लागि धेरै जोखिमपूर्ण ठानेको हुनाले उनीहरूको लामो मिसन आगामी फेब्रुअरी महिनामा सकिने बताइएको छ।
नासाका प्रबन्धकहरूले उनीहरूलाई अड्किएको वा फसेको भनिरहेको र दुई सेवानिवृत्त नौसेना कप्तानहरूले भने उनीहरूको अवस्थाको वर्णन गरेको उल्लेख छ।
उनीहरूले आफूहरू सकुशल रहेको र आफ्नो भाग्यलाई स्वीकारेको बताएका छन्। “हामी केवल फरक बाटोमा छौं” भन्दै विल्मोरले यसलाई एक प्रकारको घुमाउरो बाटोको रूपमा हेरेका छन्।
“मलाई यहाँ माथि बस्न निकै मन परिरहेको छ। अन्तरिक्षमा बस्नु अति नै रमाइलो छ” भन्दै विलियम्सले बुधवार आफ्नो गृहनगर, म्यासाचुसेट्सको नीदहममा उनको नामको प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई बताएका थिए।
दुवै अन्तरिक्ष यात्रीहरू यस अघि अन्तरिक्षमा बसिसकेका हुनाले विज्ञान प्रयोगहरू र ब्रिग्रिएको शौचालय ठीक गर्ने, हावाको भेन्टहरू खाली गर्ने र बिरुवाहरूलाई पानी दिने जस्ता कामहरूमा मद्दत गर्दै तिनीहरू तुरुन्तै चालक दलका पूर्ण सदस्य बनेको बताइएको छ। विलियम्सले सेप्टेम्बरमा स्टेशन कमाण्डरको रूपमा पदभार ग्रहण गरेको इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।
प्रकाशित: २ पुष २०८१, मंगलवार