के तपाइँको क्रेडिट कार्ड विवरण अनलाइनमा सुरक्षित छ? यी तरिकाहरू अपनाएर ठगीबाट बच्नुहोस्

Technology Khabar ३० मंसिर २०८१, आईतवार

के तपाइँको क्रेडिट कार्ड विवरण अनलाइनमा सुरक्षित छ? यी तरिकाहरू अपनाएर ठगीबाट बच्नुहोस्
Global IME Bank

काठमाडौं ।

डिजिटल मुद्राको कारोबार बढ्दै जाँदा क्रेडिट कार्डसँग सम्बन्धित डाटाको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ। अलिकति पनि गल्ती भएमा प्रयोगकर्ताहरु ह्याकिङ वा ठगीको सिकार बन्न सक्छन। यस्तो अवस्थामा, अनलाइन पैसा लेनदेन गर्दा क्रेडिट कार्ड सुरक्षा महत्त्वपूर्ण छ।

हामी तपाइँलाई यहाँ केहि तरिकाहरू बताउन जाँदैछौं, जसले हाम्रो क्रेडिट कार्ड सुरक्षित राख्न सक्छौं।

वेबसाइटको बारेमा ध्यान दिनु महत्त्वपूर्ण

अनलाइन किनमेल गर्दा, सबैभन्दा पहिले तपाईंले प्रयोग गरिरहनुभएको वा लग इन गर्नुभएको कुनै पनि वेबसाइट सुरक्षित छ वा छैन भनी जाँच्नुहोस्। साइटको यूआरएलबाट यसलाई पहिचान गर्नुहोस्। यदि यो “https://” बाट सुरु हुन्छ र लक चिन्ह पनि देखिन्छ भने, उक्त वेबसाइटले तपाइँले दिएको जानकारी इन्क्रिप्ट गरेको छ भन्ने बुझ्न सकिन्छ। यो एक सामान्य विधि हो जसले अरूलाई तपाईंले प्रदान गर्नुभएको जानकारीहरु पढ्नबाट रोक्छ। यसरी, तपाईं असुरक्षित साइटहरू पहिचान गरेर ठगीको शिकार हुनबाट जोगिन सक्नुहुन्छ।

फ्री वाइफाइ प्रयोग नगर्नुहोस्

धेरै पटक हामीले कफी पसल, रेष्टुरेन्ट वा अन्य कुनै सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ सुविधा पाउँछौं जसले गर्दा हामी घण्टौंसम्म इन्टरनेट चलाउन सक्छौं। यद्यपि, यो अनलाइन कारोबारको लागि राम्रो विकल्प होइन। अनलाइन भुक्तानी गर्नको लागि नि:शुल्क वाइफाइ प्रयोग गर्दा सजिलै ह्याकरको निशाना बन्न सकिन्छ।

तपाईंले सार्वजनिक वाईफाई नेटवर्कहरूमा प्रदान गर्नुभएको जानकारी इन्क्रिप्ट गरिएको हुँदैन। यस कारण, ह्याकरहरूले तपाईंको कनेक्सनलाई ट्याप गर्न सक्छन्। यदि तपाईंले बाहिर कतै अनलाइन पैसा लेनदेन गर्नु पर्नेछ भने, यस्तो अवस्थामा तपाईंले भर्चुअल निजी नेटवर्क (भीपीएन) प्रयोग गर्नुपर्छ। यसले तपाईको डाटा सुरक्षित गर्नका लागि समेत धेरै हदसम्म सहयोगी साबित हुन्छ।

क्रेडिट कार्ड विवरणहरू सेयर नगर्नुहोस्

फोन, इमेल वा सोशल मिडियामा आफ्नो क्रेडिट कार्डको जानकारी साझा नगर्नुहोस्। बैंकले तपाईंलाई कार्ड विवरणहरू जस्तै सीभीभी, ओटीपी लगायतका अन्यन्त नीजि जानकारी कहिल्यै माग्दैन। यस्तो अवस्थामा यदि कसैले तपाईबाट यी कुराको जानकारी लिन चाहन्छ भने तुरुन्तै उजुरी गर्नुहोस्।

यसबाहेक, फिसिङ पनि अनलाइन स्क्यामको एक विधि हो। यसमा मेसेज पठाएर वा वेबसाइटको लिङ्क दिएर त्यसमा क्लिक गर्न दबाब सिर्जना गरिन्छ। यसमा, ह्याकरहरूले त्यस्ता इमेल आईडी वा वेबसाइटहरू प्रयोग गर्छन्, जुन पूर्ण रूपमा मौलिक जस्तो देखिन्छ तर ती वेबसाइट तथा इमेलहरु ठग्ने उद्देश्यले तयार पारिएका वा नक्कली हुन्छन्।

ओटीपीको मद्दत लिनुस्

दुई-कारक प्रमाणीकरण अर्थात टू फ्याक्टर अथेन्टिकेसन(2FA) ले तपाईंको क्रेडिट कार्डलाई सुरक्षा प्रदान गर्दछ। यसमा, जब तपाइँ अनलाइन पैसाको कारोबार गर्नुहुन्छ, दर्ता गरिएको तपाइँको मोबाइल नम्बर वा इमेलमा एक ओटीपी (वन टाइम पासवर्ड) पठाइन्छ, जसको प्रयोग गरेर तपाइँ ह्याकरहरूको पासोमा पर्नबाट बच्न सक्नुहुन्छ। धेरै पटक ह्याकरहरूले तपाइँबाट तपाइँको क्रेडिट कार्ड जानकारी प्राप्त गर्न र भुक्तानी गर्न कोशिस गर्दछन्। यस्तो अवस्थामा ओटीपी उपयोगी साबित हुन्छ।

यी माथि उल्लेखित सामान्य किसिमका सतर्कताले पनि तपाईँको क्रेडिट कार्ड अनलाइन कारोबार र पैसालाई सुरक्षित गर्न सकिन्छ। त्यसैले हरेक पटक क्रेडिट कार्ड अनलाइन किनमेलमा प्रयोग गर्दा सचेत बन्नुहोस्।

Sajilo Visa

प्रकाशित: ३० मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार