नासाले एफ-१५बी जेटहरूलाई ‘सुपरसोनिक शक वेभ्स’ भित्र उडाउने

Technology Khabar २८ मंसिर २०८१, शुक्रबार

नासाले एफ-१५बी जेटहरूलाई ‘सुपरसोनिक शक वेभ्स’ भित्र उडाउने
Global IME Bank

काठमाडौं ।

नासाले आफ्नो क्रान्तिकारी एक्स-५९ जेटको परीक्षणमा मद्दत गर्न एफ-१५बी जेटहरूलाई सुपरसोनिक शक वेभ्सभित्र उडाउन योजना बनाइरहेको छ।

विमानले ध्वनि अवरोध तोडेपछ शक वेभ्स उत्पादन गर्छ, जसले वरपरको हावामा प्रतिध्वनि उत्पन्न गरी सामान्यतः सुपरसोनिक उडानसँग जोडिएका ठूलो आवाज (सोनिक बूम) सिर्जना गर्छ। लकहीड मार्टिन र नासाद्वारा विकसित एक्स-५९ नयाँ ज्यामितीय डिजाइनको साथ तयार पारिएको छ जसले यी बूमलाई निकै “मधुरो आवाज” मा परिणत गर्न सक्छ।

यो “आवाज” को मापन गर्न नासा को आर्मस्ट्रङ फ्लाइट रिसर्च सेन्टरले सुपरसोनिक उडानको क्रममा एक्स-५९ पछाडि एफ-१५बी अनुसन्धान विमान उडाउन योजना बनाएको छ। यो विमानले विशेष रूपमा डिजाइन गरिएका दुई जाँच उपकरणहरू (प्रोब) बोकेर एक्स-५९को शॉक वेभ्स सम्बन्धी “सटीक दबाब डाटा” सङ्कलन गर्नेछ।

प्रोबका साना प्वालहरू (पोर्टहरू) उडानको क्रममा हावाको दबाब, गति, र दिशा मापन गर्छन्, जसले प्रति सेकेन्ड हजारौं नमूना सङ्कलन गर्नेछ। यी मापनहरूले वैज्ञानिकहरूलाई परीक्षण उडानहरूमा देखिएका डाटालाई सिमुलेशन र मोडेलहरूसँग तुलना गर्न मद्दत गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।

“शक-सेन्सिङ प्रोबले एउटा वास्तविक स्रोतको रूपमा काम गर्छ, पूर्वानुमान गरिएको डाटालाई वास्तविक संसारको मापनहरूसँग तुलना गर्न प्रयोग गरिन्छ,” नासा का अनुसन्धानकर्ता माइक फ्रेडरिकले भने।

एफ-१५बी मा राखिएको एउटा प्रोबले उडानको समयमा एक्स-५९पछाडिका शॉक वेभ्सको नजिकको मापन गर्नेछ, जबकि अर्को “मिड-फिल्ड प्रोब” ले जमिन नजिकको शक वेभ्स मापन गर्न पछि प्रयोग गरिनेछ।

एक्स-५९को परीक्षणमा मद्दत गर्न नासा ले आफ्नो एफ-१५डी इगल र एफ/ए – १८ हर्नेट विमानलाई मोजाभे मरुभूमि नजिकको परीक्षण हवाई क्षेत्रको माइक्रोफोनहरू माथि उडाइरहेको छ।

यी उडानहरूमा विमानले उल्टो (उल्टो डाइभ) उडान भर्दा “मधुरो” सोनिक बूम उत्पादन गर्दछ। यी रेकर्डिङहरू एक्स-५९द्वारा उत्पादन गरिने सोनिक बूमसँग तुलना गरिनेछ।

एक्स-५९लाई ध्वनिको गतिभन्दा तीव्र उडान गर्ने तर ठूलो आवाज (सोनिक बूम) नगर्ने गरी डिजाइन गरिएको हो। सुपरसोनिक उडानका यस्ता बूमका कारण सन् १९७३ देखि केही दूरीभित्र जमिनमाथि सुपरसोनिक उडान प्रतिबन्धित छ।

यदि एक्स-५९मा परीक्षण गरिएका प्रविधि र अवधारणाहरूले यो आवाज घटाउन सफल भए, भविष्यमा सुपरसोनिक विमानलाई व्यावसायिक हवाई यात्राका लागि पुनः स्वीकृत गरिन सक्नेछ। यसले नागरिक उडान मात्र नभई विपद् राहत र चिकित्सकीय यातायातलाई पनि रूपान्तरण गर्नेछ।

कोभिड १९ हामारीका कारण विकास र ढिलाइपछि एक्स-५९ लाई जनवरी सन् २०२४ मा सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो। विमानले चार महिनापछि आफ्नो फ्लाइट रेडिनेस समीक्षा पास गरेको र सन् २०२४ को नोभेम्बरमा पहिलो पटक इन्जिन चलाएको थियो।

तर, विमानको पहिलो परीक्षण उडानको मिति अझै तय गरिएको छैन।

Sajilo Visa

प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार