Technology Khabar २७ मंसिर २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकी अटोमोबाइल निर्माता जनरल मोटर्स (जीएम) ले मङ्गलबार आफ्नो क्रुज व्यवसाय अन्तर्गत रोबोट्याक्सी विकास कार्य बन्द गर्ने घोषणा गरेको छ। क्रुज घाटामा चलिरहेको जीएमको बहुमत स्वामित्व रहेको इकाई हो।
कुनै समय कम्पनीले यसलाई उच्च प्राथमिकतामा राखेको थियो। तर यो निर्णयले कम्पनीको स्वायत्त टेक्नोलोजी सम्बन्धी महत्वाकांक्षामा धक्का पुर्याएको रोयटर्सले उल्लेख गरेको छ।
जीएमले “रोबोट्याक्सी व्यवसायलाई ठूलो स्तरमा विस्तार गर्न आवश्यक समय र स्रोतहरूको कारण तथा बढ्दो प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राख्दै” यस परियोजनालाई अब थप कोष उपलब्ध नगराइने जनाएको छ। यस घोषणापछि जीएमको शेयर मूल्य मङ्गलबार विस्तारित कारोबारमा ३.२% ले वृद्धि भयो।
२०२३ मा जीएमका सीईओ मेरी बाराले क्रुज व्यवसायले २०३० सम्म वार्षिक ५० अर्ब डलर राजस्व उत्पन्न गर्न सक्ने बताएकी थिइन्। तर, हाल भने उनले यसलाई अब प्राथमिकतामा नराखिने बताउँदै भनिन्, “रोबोट्याक्सी फ्लीट चलाउने लागत धेरै उच्च छ, जुन हाम्रो प्रमुख व्यवसाय होइन।”
जीएमको पुनःसंरचना योजनाले कम्पनीको वार्षिक खर्चलाई २ अर्ब डलरबाट १ अर्ब डलरमा झार्ने अपेक्षा गरिएको छ। यो योजना २०२४ को जुनसम्म पूरा गरिनेछ।
प्रकाशित: २७ मंसिर २०८१, बिहीबार