एनसेलको एनपीएल फ्यान प्याकः निःशुल्क यूट्युबका साथै एनपीएल टिकट पाउन सकिने

Technology Khabar २५ मंसिर २०८१, मंगलवार

एनसेलको एनपीएल फ्यान प्याकः निःशुल्क यूट्युबका साथै एनपीएल टिकट पाउन सकिने
Global IME Bank

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु झन–झन उत्साहजनक भईरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षित फ्यान प्याक प्रदान गरेको छ। यो प्याक लिने ग्राहकहरूले मैदानमा नै गएर क्रिकेटको भरपुर मजा लिन निःशुल्क टिकट प्राप्त गर्ने अवसर पनि पाउँछन्।

कम्पनीकाअनुसार, एनपीएल फ्यान प्याक संचालनमा ल्याएपछि एनसेलले अहिलेसम्म ५०० भन्दा बढी आफ्ना ग्राहकहरुलाई एनपीएल टिकट वितरण गरिसकेको छ । ग्राहकहरूले निःशुल्क युट्युबमा अनलिमिटेड पहुँचमार्फत अनलाइनबाटै पनि एनपीएलका खेलहरू र यसका अपडेट पनि प्राप्त गर्न सक्छन्।

एनसेलले यूट्युबमा अनलिमिटेड पहुँचको अफर सधैं अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको छ। कर सहित रु ३९९ देखि रु १४९९ सम्मका सबै सधैं अनका प्याकहरुमा ग्राहकले अनलिमिडेट यूट्युबको मजा लिन सक्छन्। यसको मतलब यी प्याक लिने ग्राहकहरुले कुनै थप डाटा शुल्कको चिन्ता नगरी जुनसुकै बेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्छन् र साथै यूट्युब माथिको निःशुल्क पहुँचको फाइदा लिन सक्ने बताईएको छ।

एनपीएल फ्यान प्याक लिने ग्राहकहरुले एनसेल एपको स्पिन एन्ड विन फिचरमार्फत एनपीएल खेलहरूको टिकट जित्ने मौका पाउँछन् । सहभागी हुनका लागि, ग्राहकहरूले एनसेल एप, एनसेल वेबसाइट, वा *१२३*९# डायल गरेर कुनै पनि एनपीएल फ्यान प्याक (डाटा वा भ्वाइस) सजिलै लिन सक्छन्।

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको स्पिन एन्ड वीनमा जाने लिंक प्राप्त गर्छन्। एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डाटा, रु ५० क्यासब्याक (१ दिनको समयसिमा), रु १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन्।

एनसेलले यो रोमाञ्चक अफर सीमित समयका लागि उपलब्ध छ र एनपीएललाई विशेष बनाउनका लागि यो अफर ल्याइएको जनाएको छ।

Sajilo Visa

प्रकाशित: २५ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार