स्पेसएक्सले पूरा गर्यो स्टारलिङ्कको पहिलो डाइरेक्ट–टु–सेल कन्स्टेलेसन

Technology Khabar २४ मंसिर २०८१, सोमबार

स्पेसएक्सले पूरा गर्यो स्टारलिङ्कको पहिलो डाइरेक्ट–टु–सेल कन्स्टेलेसन
Global IME Bank

काठमाडौं ।

स्पेसएक्सले यस हप्ता आफ्नो पहिलो स्टारलिङ्क डायरेक्ट–टु–सेल स्याटेलाइट कन्स्टेलेसन पूरा गरेको छ। गत बुधवार कम्पनीले फाल्कन ९ रकेटमा २० वटा उपग्रहहरू प्रक्षेपण गरेको र जसमध्ये १३ वटा अतिरिक्त उपकरणहरू बिना सेल फोनसँग सीधा सञ्चार गर्न सक्ने बताइएको छ।

सम्पन्न कन्स्टेलेसनले गत हप्ता स्पेसएक्स र टी–मोबाइल बीचको सम्झौताको एफसीसीको स्वीकृति पछ्याएको उल्लेख छ। कम्पनीहरूले भविष्यको लागि योजनाहरूको रुपमा फोनहरू संसारमा कहिँ पनि र समुद्रको बीचमा समेत जडान गर्न सकिन्छ भन्दै सन् २०२२ मा साझेदारीको घोषणा गरेका थिए।

स्याटेलाइट कन्स्टेलेसन (उपग्रह नक्षत्र) ले “अन्तरिक्षमा सेलफोन टावरले जस्तै कार्य गर्ने र यसले नेटवर्क इन्टिग्रेसन (एकीकरण) लाई स्ट्याण्डर्ड (मानक) रोमिङ पार्टनर जस्तै अनुमति दिने” स्पेसएक्सले उल्लेख गरेको छ।

त्यसैगरी गत बिहीबार, डायरेक्ट–टू–सेल स्याटेलाइट (उपग्रह) हरूले “लेजर ब्याकहलमा स्टारलिङ्क कन्स्टेलेसनमा तुरुन्तै जडान गर्नेछ, मृत क्षेत्रहरू हटाउनेछ र ग्राहकहरूलाई सबैभन्दा बढी आवश्यक पर्दा मानसिक शान्ति प्रदान गर्नेछ” भनी स्पेसएक्सले एक्समा पोष्ट गरेको उल्लेख छ।

साथै कम्पनीले यस वर्षको सुरुमा टी–मोबाइलको नेटवर्क मार्फत आफ्नो पहिलो टेक्स्ट मेसेजेज (सन्देशहरू) सेण्ड (पठायो) र रिसिभ (प्राप्त) गरेको थियो।

लो–अर्थ–अर्बिट कन्स्टेलेसन (निम्न–पृथ्वी–कक्षा तारामंडल/नक्षत्र)मा ६,७९९ परिचालन उपग्रहहरू रहेको छन् र लगभग ३३० ले सेल फोनसँग सीधा सञ्चार गर्न सक्छ भनि स्पेस डट कम ले रिपोर्ट गरेको छ।

यसबाहेक अनमोडिफाइड (अपरिवर्तित) सेल फोनले प्रति बीम लगभग १० एमबीपीएस को ब्यान्डविथको मजा लिन सक्नेछ भनि बिहीबार इलन मस्कले बताएका छन्। साथै उनले भविष्यका नक्षत्रहरूले धेरै थ्रुपुट गर्न सक्षम हुने बताएका छन्।

स्टारलिङ्क डाइरेक्ट टु सेल उपलब्ध भएपछि कम्पनीहरू सम्भवतः उपभोक्ताहरूका लागि थप विवरणहरूमा जाने उल्लेख गरिएको छ। यो हाल अर्को वर्षको लागि लक्षित गरिएको बताइएको छ। यद्यपि, कन्स्टेलेसन टी–मोबाइलका लागि मात्र लक नगरिएको उल्लेख छ।

स्पेसएक्सका वरिष्ठ निर्देशक बेन लङ्मियरले प्रयोगको लगत्तै उपग्रहहरू “विश्वको कुनै पनि टेलिकोको लागि व्यापारको लागि खुला छन्” भनी बताएको एन्ड्रोइड सेन्ट्रल ले रिपोर्ट गरेको इनग्याजेटले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २४ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार