Technology Khabar १७ मंसिर २०८१, सोमबार
काठमाडौं ।
आईकूले आधिकारिक रूपमा चीनमा नियो१० सिरिज सार्वजनिक गरेको छ। उक्त दुई मोडलहरूमा शक्तिशाली नयाँ प्रोसेसरहरू, सुधारिएको क्यामरा आइल्याण्ड डिजाइनका साथै गेमिङ उत्साहीहरूलाई लक्षित नयाँ सफ्टवेयर फिचर गरिएको छ।
कम्पनीले स्ट्याण्डर्ड (मानक) नियो१० र थप प्रिमियम नियो१० प्रो गरी दुई मोडलहरूमा हाई–इण्ड स्पेक्सहरूको दायरा प्रदान गरिएको बताइएको छ।
१. डिजाइन र डिस्प्ले
नियो१० सिरिज र गत वर्षको नियो९ सिरिजको लगभग समान फ्ल्याट डिजाइन रहेको छ। यद्यपि, त्यहाँ केही रोचक परिवर्तनहरू समावेश गरिएका छन्। टप र साइड बेजेलहरू पातलो हुनुका साथै केवल १.४एमएम मापन गर्दछ भने बीचको फ्रेम प्लास्टिकबाट बनेको बताइएको छ।
साथै पछाडिको क्यामरा आइल्याण्ड डिजाइन ओभरहालको साथ आएको बताइएको छ। त्यसैगरी भेगन लेदर संस्करणले नयाँ रूप प्रदान गर्ने उल्लेख गरिएको छ।
डिस्प्लेतर्फ, आईक्यूओओ नियो१० र नियो१० प्रो दुबैमा ६.७८–इन्चको १.५के+ १४४हर्ज ८टी एलटीपीओ फ्ल्याट स्क्रिन रहेको छ। भाइबेन्ट कलर रिप्रडक्सन र स्मूथ भिजुअलहरूको लागि डिस्प्लेको इन्जिनियरिङ गरिएको बताइएको छ जसले गेमिङ र मिडिया कन्जम्सन (खपत) दुवैको लागि उपयुक्त बनाउने उल्लेख गरिएको छ।
त्यसैगरी डिस्प्ले ग्लोबल पिक ब्राइटनेसको १८००निट्स र लोकल पिक ब्राइटनेसको ४५००निट्स सम्म पुग्ने बताइएको छ। यो नियो९ सिरिजको ३००० निट्स (पिक), १४०० निट्स (एचबीएम) बाट माथि भएको थप उल्लेख गरिएको छ।
यसबाहेक दुवै फोनले नियो९ सिरिजको अप्टिकल स्क्यानरबाट टाढा सर्दै, उन्नत थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर प्रदान गरेको उल्लेख छ।
२. पर्फमेन्स र ब्याट्री
नियो१० सिरिजमा आईक्यूओओ १३ को क्यू२ गेमिङ चिप रहेको बताइएको छ जसअनुसार नियो१० मा स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर समावेश गरिएको छ भने नियो१० प्रोमा डाइमेन्सिटी ९४०० चिपसेट रहेको उल्लेख गरिएको छ। साथै लामो गेमिङ सत्रहरूमा दिगो प्रदर्शनको लागि भनेर नियो१० सिरिजमा ६४००एमएम२ भीसी कुलिङ प्याक गरिएको उल्लेख छ। सन्दर्भको लागि, फ्ल्यागशिप वानप्लस १३ ले ९,९२५एमएम२ भीसी कूलिङ प्याक गर्दछ।
त्यसका साथै ब्याट्री लाइफ नियो१० सिरिजको अर्को बलियो पक्ष भएको बताइएको छ। दुबै फोनहरूमा ठूलो ६१००एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ। नियो९ सिरिजमा भने ५१६०एमएएचको ब्याट्री रहेको थियो। १२० डब्ल्यू फास्ट चार्जिङ र १००डब्ल्यू पीपीएस प्रोटोकलको लागि समर्थनको साथ, फोनहरू १५ मिनेटमा ५० प्रतिशत सम्म चार्ज हुने बताइएको छ।
३. क्यामरा
इमेजिङको सन्दर्भमा, नियो१० र नियो१० प्रो दुबै सोनी आईएमएक्स९२१ मुख्य क्यामरा सेन्सरले सुसज्जित रहेका छन् जसले प्रभावशाली फोटोग्राफी क्षमताहरू प्रदान गर्नेछ। यद्यपि प्रो मोडेलमा ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा रहेको छ भने मानक संस्करणमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स समावेश गरिएको उल्लेख छ।
त्यसैगरी दुबै मोडेलहरू विशेष ओआईएस सुपर अप्टिकल इमेज स्टेबलाइजेसन र भीसीएस ह्युम्यान–आइ बायोनिक टेक्नोलोजीको नयाँ पुस्ताले सुसज्जित रहेका छन् जसले विभिन्न परिस्थितिहरूमा सार्प र स्टेबल (स्थिर) शटहरू सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
साथै आईक्यूओओ ले नाइट सिन, पोर्ट्रेट र मोसन क्याप्चर बढाउन धेरै फ्ल्यागशिप इमेजिङ एल्गोरिदमहरू पनि एकीकृत गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
४. मूल्य निर्धारण र उपलब्धता
आईकू नियो१०
१२जीबी+ २५जीबीः २२९९ युआन
१६जीबी+२५६जीबीः २४९९ युआन
१२जीबी+५१२जीबीः २६९९ युआन
१६जीबी+५१२जीबीः २९९९ युआन
१६जीबी+१टीबीः ३४९९ युआन
आईकू नियो१० प्रो
१२जीबी+ २५जीबीः ३२९९ युआन
१६जीबी+२५६जीबीः ३३९९ युआन
१२जीबी+५१२जीबीः ३४९९ युआन
१६जीबी+५१२जीबीः ३७९९ युआन
१६जीबी+१टीबीः ४२९९ युआन
प्रकाशित: १७ मंसिर २०८१, सोमबार