ओपनएआईलाई पूर्णरूपमा नाफामुखी व्यवसायमा रूपान्तरण हुनबाट रोक्नुपर्ने मस्कको माग

Technology Khabar १६ मंसिर २०८१, आईतवार

ओपनएआईलाई पूर्णरूपमा नाफामुखी व्यवसायमा रूपान्तरण हुनबाट रोक्नुपर्ने मस्कको माग
Global IME Bank

काठमाडौं ।

अर्बपति इलन मस्कले ओपनएआईलाई पूर्णरूपमा नाफामुखी व्यवसायमा रूपान्तरण हुन रोक्न संघीय अदालतसँग माग गरेका छन्।

मस्क, उनको आई स्टार्टअप एक्सएआई, र ओपनएआईका पूर्व बोर्ड सदस्य शिवोन जिलिसका प्रतिनिधित्व गर्ने वकिलहरूले शुक्रबार ओपनएआई विरुद्ध अस्थायी आदेशका लागि निवेदन दिएका छन्। यस आदेशले ओपनएआई लाई एक्सएआईजस्ता प्रतिस्पर्धीहरूलाई लगानी गर्न प्रतिबन्ध लगाउन लगानीकर्तालाई बाध्य पार्ने कार्य पनि रोक्नेछ।

सीएनबीसीका अनुसार यो मुद्दा मस्क, ओपनएआई, र यसका सीईओ साम अल्टम्यान बीचको कानूनी विवादमा थप तनावको संकेत हो। यसमा टेक लगानीकर्ता रिड हफम्यान र माइक्रोसफ्टजस्ता अन्य समर्थकहरू पनि समावेश छन्।

मस्कले सुरुमा मार्च २०२४ मा सान फ्रान्सिस्को राज्य अदालतमा ओपनएआई विरुद्ध मुद्दा हालेका थिए, तर पछि त्यो मुद्दा फिर्ता लिएर संघीय अदालतमा नयाँ मुद्दा दर्ता गरे। मस्कका वकिलहरूले ओपनएआई ले संघीय रिको (र्‍याकिटियरिङ) कानूनको उल्लङ्घन गरेको दाबी गरेका छन्।

नोभेम्बरको मध्यतिर, मस्कका वकिलहरूले ओपनएआई र माइक्रोसफ्टले प्रतिस्पर्धाविरोधी कानून उल्लङ्घन गरेको आरोप थपे। ओपनएआईले लगानीकर्ताहरूलाई प्रतिस्पर्धी कम्पनीहरूमा लगानी नगर्न सहमत गराएको दावी छ।

ओपनएआई र माइक्रोसफ्टले गलत तरिकाले प्राप्त प्रतिस्पर्धात्मक जानकारीको फाइदा लिनु नपर्ने आदेश जारी गर्नुपर्ने मस्कका वकिलहरूले आरोप लगाएका छन्। ओपनएआईका प्रवक्ताले भने, “यो मस्कको चौथो प्रयास हो, जुन पहिलेका निराधार आरोपहरूको पुनरावृत्ति मात्रै हो।”

Sajilo Visa

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार