तेस्रो त्रैमासमा फोल्डेबल फोनको बिक्रीमा उल्लेख्य गिरावट: काउन्टरपोइन्ट

Technology Khabar १४ मंसिर २०८१, शुक्रबार

तेस्रो त्रैमासमा फोल्डेबल फोनको बिक्रीमा उल्लेख्य गिरावट: काउन्टरपोइन्ट
Global IME Bank

काठमाडौं ।

ग्लोबल विश्वव्यापी फोल्डेबल स्मार्टफोन बजारमा पहिलो गिरावट आएको र कुल ढुवानी वर्षिक रुपमा १ प्रतिशत घटेको बताइएको छ। साथै सामसङ शीर्षमा भए तापनि ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ फ्ल्यागशिपहरूको लन्चको बावजुद कम्पनीको बजार हिस्सा उल्लेखनीय रूपमा घटेको उल्लेख छ।

पछिल्ला तीन महिनामा शाओमी, मोटोरोला, अनर र ह्वावे भने बजारमा राम्रो प्रदर्शन गरेको उल्लेख छ। साथै यी सबै कम्पनीहरूले १२ महिना अघिको सोही अवधिको तुलनामा ठूलो ढुवानी वृद्धि देखेको बताइएको छ।

सामसङले ग्यालेक्सी जेड फोल्ड६ को मामूली बिक्री देखेको रिपोर्टले खुलासा गरेको छ र फ्लिप६ ले गत वर्षको आफ्नो पूर्ववर्तीको बिक्री संख्यासँग मेल नखाएको थप उल्लेख गरिएको छ।

त्यसैगरी मोटोरोलाले सब– १००० अमेरिकी डलरको रेजर ५० र रेजर ५० अल्ट्रा लन्च गरेको र अनरले पनि आफ्नो अल्ट्रा–थिन म्याजिक भी३ लन्च गरेको हुनाले सामसङले मोटोरोलाबाट कडा प्रतिस्पर्धाको सामना गरेको बताइएको छ।

शाओमीले अन्ततः चीन बाहिर फोल्डेबल ‘मिक्स फ्लिप’ लन्च गरेको हुनाले कम्पनीले सेगमेन्टमा सबै निर्माताहरू भन्दा उच्च वर्ष–दर–वर्ष ढुवानी वृद्धि रेकर्ड गरेको बताइएको छ।

त्यसैगरी ह्वावेको ढुवानीमा वृद्धि मुख्यतया चीनबाट आएको बताइएको छ भने कम्पनीले मेट एक्स५ र क्ल्यामशेल पकेट २ बिक्री गर्न जारी राखेको उल्लेख छ। साथै भर्खरै लन्च गरिएको एकदमै किफायती ‘नोभा फ्लिप’ र ट्राइ–फोल्ड ‘मेट एक्सटी अल्टिमेट’ पनि चीनमा धेरै लोकप्रिय भए तापनि अन्तर्राष्ट्रिय बजारमा भने अझै उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार

ताजा समाचार