Technology Khabar १४ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
आईफोन १६ सिरिजमा नयाँ क्यामरा बटन बाहेक अन्य कुनै ठूलो डिजाइन ओभरहाल समावेश नगरेको एप्पलले अर्को पिँढीको आईफोन १७ लाइनअपको साथ थप उल्लेखनीय परिवर्तनहरूको लागि तयारी गरिरहेको बताइएको छ। त्यसैले आईफोन १७ प्रो केहि उल्लेखनीय रिडिजाइनहरू प्राप्त गर्ने मोडेलहरू मध्ये एक हुने उल्लेख गरिएको छ।
१. नयाँ बटन
नयाँ आईफोन १६ सिरिजको साथ एप्पलले आफ्नो सम्पूर्ण नयाँ आईफोन लाइनअपमा क्याप्चर बटन प्रस्तुत गरेको छ। गत अक्टोबरको रिपोर्टले आईफोन १७ प्रोमा अब अर्को बटन रिफ्रेस हुन सक्छ भनि खुलासा गरेको छ। साथै एप्पलले भोल्युम बटन र एक्शन बटनलाई नयाँ बटनको साथ रिप्लेस (बदल्ने) गरिने एक टिपस्टरले दाबी गरेका छन्।
यस वर्षको आईफोनमा थपिएको क्याप्चर बटनमा रहेको सेन्सेटिभिटि फिचरले विभिन्न फङ्गसन र इनपुटहरूलाई समर्थन गर्न सक्छ। त्यसैले यो नयाँ बटन पनि भोल्युम रकर, रिङटोन र सम्भवतः अन्य फङ्गसनहरूको रूपमा काम गर्ने जस्ता प्रविधिको लागि प्रयोग गर्न सकिने बताइएको छ।
२. नयाँ कूलिङ सोलुसन
आईफोन १७ सिरिजको सबैभन्दा प्रारम्भिक रिपोर्टहरू मध्ये एकले एप्पलले अन्ततः उपयुक्त नयाँ कूलिङ सोलुसन ल्याउन लागेको बताएको थियो। साथै क्युपर्टिनो आधारित जायन्टले आईफोन १७ लाईनअपलाई ग्रेफाइट पानाले सुसज्जित गर्न सक्ने थप उल्लेख गरिएको छ।
त्यसैगरी, आईफोन १७ प्रो म्याक्स (सम्भवतः प्रो मोडेल पनि) ले सुधारिएको हिट (ताप) डिसिपेसनको लागि अतिरिक्त भीसी कूलिङ सिस्टम (प्रणाली) प्राप्त गर्ने सम्भावना रहेको उल्लेख छ।
यस नयाँ हिट म्यानेजमेन्ट सिस्टम (ताप व्यवस्थापन प्रणाली) ले गर्दा सन् २०२५ को आईफोनहरूले प्रदर्शनमा उल्लेखनीय सुधार प्रादन गर्न सक्षम हुनेछ भने यसले गेमिङ जस्ता गहन कार्यभारको समयमा थर्मल थ्रोटलिङ रोक्न पनि मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।
३. उज्यालो नयाँ रङहरू
एप्पलले यो वर्ष नन्–प्रो आईफोन मोडेलहरूलाई बोल्ड नयाँ रङ्गहरूमा लन्च गरेको छ। यो कम्पनीको लागि परीक्षण मैदान भएको हुन सक्ने ङ्गताइएको छ भने लीकले पनि आईफोन १७ प्रो मोडेलहरूले अर्को वर्ष तीनवटा असामान्य रूपमा जीवन्त रङ्गहरू पाउने संकेत गरेको छ।
आईफोन १७ प्रो टिल टाइटेनियम, ग्रीन टाइटेनियम र डार्क ग्रीन टाइटेनियममा लन्च गरिने सम्भावना रहेको एक प्रख्यात टिपस्टरले दाबी गरेका छन्।
४. अन्डर–डिस्प्ले फेस आईडी
डीएससीसीका रोस यङ्गले गत वर्ष एप्पलले आईफोन १७ प्रो ङ्गमा एक इनोभेटिभ अन्डर–डिस्प्ले फेस आईडी टेक्नोलोजी डेब्यु गर्ने बताएका थिए। साथै फेस आईडी टेक्नोलोजीले सेल्फी क्यामराको लागि सर्कुलर (गोलाकार) क्यामरा कटआउट फिचर गर्न सक्नेछ भनि यङ्गले थप उल्लेख गरेका छन्।
सन् २०२७ सम्ममा आईफोन १९ सिरिजले अण्डर–डिस्प्ले सेन्सरहरूले गर्दा साँच्चै फुल स्क्रिन अनुभव प्रदान गर्नेछ भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार