Technology Khabar १४ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
लाईकाले फोटोग्राफी उत्साहीहरूका लागि भर्खरै दुई रोमाञ्चक नयाँ लाईका एम११ ग्लोसी ब्ल्याक क्यामरा र नोक्टिलक्स–एम ५० एफ/१.२ एएसपीएच ग्लोसी ब्ल्याक लेन्स अनावरण गरेको छ।
ब्रान्डका अनुसार यी उपकरणहरू मात्र नभएर – तिनीहरू मोडर्न टेक (आधुनिक प्रविधि) सँग पेयर गरिएको लाईकाको टाइमलेस स्टायल (शैली) को उत्सव भएको उल्लेख गरिएको छ।
लाईका एम११ ग्लोसी ब्ल्याक सन् १९५४ देखि ब्रान्डको प्रतिष्ठित एम३ क्यामराको लागि एक ‘नोड’ भएको बताइएको छ। ब्रासको टप प्लेटमा ग्लोसी ब्ल्याक (चम्किलो कालो) पेन्ट फिनिश केबल हेर्नको लागि मात्र नभएर यसले प्रत्येक क्यामरालाई व्यक्तिगत महसुस गराउने गरी समयको साथ एक अद्वितीय ‘प्याटिना’ विकास गर्ने उल्लेख गरिएको छ।
लाईकाले सामान्य रातो लोगो छोडेर सफा र चिटिक्क परेको डिजाइन समेट्ने गरेको छ। कुँदिएको “लाईका” लोगो, सिल्भर–क्रोम शटर बटन र टेक्स्चर्ड आईएसओ र टाइम डायलहरू जस्ता विशेषताहरुले यो क्यामरा निकै ध्यानपूर्वक बनाइएको स्पष्ट पार्छ।
नोक्टिलक्स–एम ५० एफ/१.२ एएसपीएच ग्लोसी ब्ल्याक लेन्स
एम११ सँग म्याच गर्न भनेर लाईकाले नोक्टिलक्स–एम ५० एफ/१.२ एएसपीएच ग्लोसी ब्ल्याक लेन्स पनि प्रस्तुत गरेको छ। लो–लाइट अवस्थाहरू ह्यान्डल गर्न र सुन्दर ब्लर्ड ब्याकग्राउण्ड (बुके) सिर्जना गर्ने क्षमताको लागि परिचित यो लेन्स आकर्षक तस्बिरहरू खिच्नका लागि प्रख्यात रहेको छ।
त्यसैगरी ग्लोसी ब्ल्याक फिनिश लेन्स हुड र क्याप्समा फैलिएको बताइएको छ। साथै यो स्टाइलिस हुनुका साथै हाई–पर्फमेन्सको माग गर्ने फोटोग्राफरहरूका लागि बनाइएको उल्लेख गरिएको छ।
यसबाहेक लाईकाले नयाँ क्यामरा र लेन्सका साथै छालाको स्ट्र्याप, एम११ प्रोटेक्टर र नयाँ तौप रङ्ग एम–सिस्टम केस जस्ता केही एक्सेसरिज पनि लन्च गरेको छ।
मूल्य र उपलब्धता
लाईका एम११ ग्लोसी ब्ल्याकको मूल्य ८,९५० यूरो र नोक्टिलक्स–एम ५० एफ/१.२ एएसपीएच ग्लोसी ब्ल्याकको लेन्सको मूल्य ७,९०० यूरो रहेको छ। साथै उक्त क्यामरा र लेन्स दुबै अब लाईका स्टोरहरूमा अनलाइन, र विशेषज्ञ खुद्रा विक्रेताहरूमा उपलब्ध भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार