शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

Technology Khabar १३ मंसिर २०८१, बिहीबार

शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक
Global IME Bank

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ। कम्प्याक्ट र लाइटवेट यो डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै नयाँ राख्न मद्दत गर्नेछ।

लन्चको क्रममा बोल्दै शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भनिन्, ‘शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरले दैनिक जीवनलाई थप सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ।’ साथै हल्का तौल, फोल्डेबल डिजाइन र उन्नत स्टिमिङ टेक्नोलोजी भएको यस स्टीमर कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त हुने उनले उल्लेख गरिन्।

शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल ७७० ग्राम रहेको हुनाले यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिने उल्लेख गरेको छ। साथै यसको फोल्डेबल डिजाइनले गर्दा यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिने र घरमा मात्र नभएर यात्राको क्रममा पनि यो उत्तिकै उपयोगी हुने बताइएको छ।

यो गार्मेन्ट स्टीमरमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्ने र यसले स्थिर तापक्रम पनि प्रदान गर्ने बताइएको छ।

साथै यसको स्मूथ ग्लाइडिङ मेकानिजम (प्रविधि) ले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन टेक्नोलोजीले पानीको दाग हटाउने उल्लेख गरिएको छ।

यसबाहेक सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कटन (सुति) जस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्ने विज्ञप्तिमा थप उल्लेख गरिएको छ।

त्यसैगरी डिभाइसको १६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टीम फ्लोले उच्च स्तरको परिणाम दिनेछ। रिङ्कल (खुम्चाई) हटाउनका साथै यसले ९९.९९ प्रतिशत ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउन मद्दत गर्नेछ।

मूल्य र बजार उपलब्धता
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य रु.४,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

ताजा समाचार