Technology Khabar १२ मंसिर २०८१, बुधबार
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतको सेमेष्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेसस्टडिज (एमबीएस) तथा मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन (एमपीए)को लागि भर्ना खुलाएको छ।
विश्वविद्यालयको व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुरले आज एक सूचना प्रकाशित गरी यी कार्यक्रम सञ्चालन भएका सम्पूर्ण क्याम्पस/ कलेजहरुमा भर्ना २०२५ (वि.सं. २०८१) मा विद्यार्थी भर्ना कार्यक्रमका लागि सबैलाई सूचित गरेको हो।
सूचना अनुसार विद्यार्थी आफूले भर्ना हुन चाहेको क्याम्पस/कलेज अर्न्तगतको कार्यक्रमको फाराम बुझाउँदा अनलाईन भुक्तानी प्रणाली कनेक्ट आईपीएस/फोनपे बाट डीन कार्यालयको खाता नं. ०४५००१०००९९०६६०००००१ मा रु १५००।- दस्तुर बुझाउनुपर्ने छ।
परीक्षा केन्द्र सम्बन्धी सूचना यस संकायको वेवसाइट www.fomecd.edu.np / www.tudoms.org मा पछि प्रकाशित गरिने उल्लेख गरिएको छ।
आवेदन फारम बुझाउने मिति मंसिर १० गते देखि २०८१ पौष ०९ गते सम्म रहेको छ भने प्रवेश परीक्षा पौष २७ गते, शनिबार बिहान ८ बजे हुनेछ भने कक्षा सञ्चालन माघको दोस्रो हप्ता गतेदेखि बताइएको छ।
प्रकाशित: १२ मंसिर २०८१, बुधबार