Technology Khabar १२ मंसिर २०८१, बुधबार
काठमाडौं ।
ओप्पोले चीनमा रेनो १३ र रेनो १३ प्रोको साथमा आफ्नो नयाँ रेनो सिरिजका डिभाइसहरू सार्वजनिक गरेको छ। साथै यी डिभाइसहरू मिडियाटेकको डाइमेन्सिटी ८३५० चिपसेटका साथ लन्च गरिएको पहिलो डिभाइसहरू भएको बताइएको छ जुन ठ्याक्कै उही सीपीयू, जीपीयू, एनपीयू र वायरलेस कनेक्टिविटी स्पेक्ससहितको डाइमेन्सिटी ८३०० को कस्टमाइज संस्करण भएको थप उल्लेख गरिएको छ।
दुवै फोनहरू ओप्पोको इन–हाउस एक्स१ चिपसँग आएको र यसले वायरलेस कनेक्टिभिटीमा मद्दत गर्ने र आईपी ६९ इनग्रेस सुरक्षा प्राप्त गरेको उल्लेख छ। साथै दुई फोनहरूमा समान ५० मेगापिक्सेलको मुख्य क्यामरा (आईएमएक्स८९०) ओआईएस र ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्सहरू समावेश गरिएका छन्।
रेनो १३ प्रोमा ८५ एमएम बराबरको फोकल लेन्थ र ३.५× अप्टिकल जुम भएको ५० मेगापिक्सेलको टेलिफोटो क्यामरा रहेको छ। साथै दुवै फोनहरूले ६०एफपीएस मा फोरके भिडियो रेकर्ड गर्न सक्ने थप उल्लेख गरिएको छ।
रेनो १३ मा एफएफडी+ रिजोल्युसन र १२० हर्ज भएको ६.५९–इन्चको एएमओएलईडी फिचर गरिएको छ भने १३ प्रोमा एफएचडी+ रिजोल्युसन र उही १२० हर्ज रिफ्रेस रेटको साथ थोरै ठूलो ६.८३–इन्चको प्यानल रहेको बताइएको छ। यसबाहेक दुवै फोनहरूमा ५० मेगापिक्सेलको सेल्फी क्यामहरू र अप्टिकल अन्डर–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरहरू पनि समावेश गरिएका छन्।
सफ्टवेयरतर्फ एन्ड्रोइड १५ मा आधारित कलरओएस १५ ले कभर गरिएको उल्लेख छ। रेनो१३ मा ५,६०० एमएएच ब्याट्री प्याक गरिएको छ भने प्रोमा थोरै ठूलो ५,८०० एमएएच सेल रहेको बताइएको छ। साथै दुबै फोनहरूले ८० डब्ल्यू वायर्ड चार्जिङ र ५० डब्ल्यू सम्म वायरलेस टप–अपहरू समर्थन गर्ने उल्लेख गरिएको छ।
रेनो१३ मिडनाइट ब्ल्याक, ग्यालेक्सी ब्लू र बटरफ्लाइ पर्पल कलरमा उपलब्ध हुने छन्। साथै यसको १२-२५६जीबी ट्रिमको मूल्य २,६९९ युआन (३७२ अमेरिकी डलर) मा सुरु हुने बताइएको छ।
त्यसैगरी रेनो१३ प्रो मिडनाइट ब्ल्याक, स्टारलाइट पिंक र बटरफ्लाइ पर्पलमा उपलब्ध हुने बताइएको छ। यसको मूल्य भने ३,३९९ युआन (४७० अमेरिकी डलर) मा सुरु हुने उल्लेख गरिएको छ।
यसबाहेक दुबै फोनहरू ओप्पोको अनलाइन स्टोरबाट चीनमा प्रि–अर्डरको लागि उपलब्ध भएको र नोभेम्बर २९ तारिखदेखि ढुवानी सुरु हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १२ मंसिर २०८१, बुधबार