Technology Khabar १० मंसिर २०८१, सोमबार
काठमाडौं ।
आर्थिक वर्ष २०८१/८१ को चौथो महिना कार्तिकमा मात्र नेपालमा २ अर्ब २५ करोड ४८ लाख ९० हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिक मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।
शुरुवाती तीन महिना अर्थात् असोज मसान्तसम्म नेपालमा ६ अर्ब ११ करोड रुपैयाँ हाराहारीको २ हजार ५१८ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएकोमा पछिल्लो १ महिनामा २ अर्ब २५ करोड रुपैयाँमाथिको ९६९ थान विद्युतीय सवारी साधन थपिएको हो।
प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।
भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी र अमेरिका गरी विश्वका चार देशबाट ती सवारी साधन भित्रिएका हुन्।
५० किलोवाटसम्मको कार, भ्यान र जीप
विवरण | देश | ब्याट्री क्षमता | परिमाण | रकम |
कार, जीप र भ्यान | चीन | ५० किलोवाटसम्म | ५१३ | ९८, ३६, ४३, ००० |
कार, जीप र भ्यान | भारत | ५० किलोवाटसम्म | ५३७ | ९०, ५७, ३३, ००० |
५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप
विवरण | देश | ब्याट्री क्षमता | परिमाण | रकम |
कार, जीप र भ्यान | चीन | ५१ देखि १०० किलोवाटसम्म | १, ६८३ | ४, ५५, २८, ३३, ००० |
कार, जीप र भ्यान | भारत | ५१ देखि १०० किलोवाटसम्म | ४३२ | ८७, ५९, ४८, ००० |
१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप
विवरण | देश | ब्याट्री क्षमता | परिमाण | रकम |
कार, जीप र भ्यान | चीन | १०१ देखि २०० किलोवाटसम्म | ३१० | ९८, ०९, ३५, ००० |
कार, जीप र भ्यान | सं. रा. अमेरिका | १०१ देखि २०० किलोवाटसम्म | २ | ८२, २६, ००० |
कार, जीप र भ्यान | जर्मनी | १०१ देखि २०० किलोवाटसम्म | ४ | २, ८२, ७३००० |
२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप
विवरण | देश | ब्याट्री क्षमता | परिमाण | रकम |
पिक पावरयुक्त कार, जीप र भ्यान | चीन | २०१ देखि ३०० किलोवाटसम्म | २ | ९९, ७०, ००० |
पिक पावरयुक्त कार, जीप र भ्यान | जर्मनी | २०१ देखि ३०० किलोवाटसम्म | २ | १, ७०, ६८, ००० |
३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप
विवरण | देश | ब्याट्री क्षमता | परिमाण | रकम |
पिक पावरयुक्त कार, जीप र भ्यान | चीन | ३०० किलोवाटदेखि माथि | २ | ८३, २३, ००० |
प्रकाशित: १० मंसिर २०८१, सोमबार