Technology Khabar ७ मंसिर २०८१, शुक्रबार
काठमाडौं ।
बीवाईडीको ३० औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ।
यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको छ।
यस उपलब्धिले बीवाईडीको विश्वव्यापी अटोमोटिभ इण्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बीवाईडी को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउँछ।
विश्वव्यापी रूपमा, बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ।
नेपालले हरित भविष्य अंगाल्दै गर्दा, साईमेक्स इन्कले बीवाईडी का बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सीलजस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन्। ‘बीवाईडी को ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो।
यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो। संगसंगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउन मदत गर्दैछु।’
कार्यक्रममा, साईमेक्स इन्क का नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भन्नुभयो: बीवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय-केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ।
यो सफलता नेपालको दिगो विकास र सफा अनि हरित भविष्यको लक्ष्यहरू प्राप्त गर्ने उदेश्यको एउटा महत्त्वपूर्ण कदम हो।
प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार