सोनीको अल्फा १ आईआई (२) फ्ल्यागशिप मिररलेस क्यामरा रिलिज, यस्ता छन् विशेषता

Technology Khabar ७ मंसिर २०८१, शुक्रबार

सोनीको अल्फा १ आईआई (२) फ्ल्यागशिप मिररलेस क्यामरा रिलिज, यस्ता छन् विशेषता
Global IME Bank

काठमाडौं ।

सोनीले बुधबार आफ्नो फ्ल्यागशिप अल्फा १ क्यामराको दोस्रो पुस्ताको मोडल सार्वजनिक गरेको छ। कम्पनीको प्रख्यात नामकरण कन्भेन्सनहरूसँग टाँसिँदै नयाँ क्यामरालाई अल्फा १ आईआई (२) भनिने उल्लेख गरिएको छ।

मुख्य अल्फा १ मिररलेस क्यामरा स्विस आर्मी नाइफ चक्कू भएको र यसको अविश्वसनीय हाई स्पिड (उच्च गति) को फोटो र ८के भिडियो क्षमताहरूको लागि समीक्षकहरूले प्रशंसा गरेको बताइएको छ।

त्यसैगरी अल्फा १ आईआई (२) ले उही ५०.१एमपी फुल–फ्रेम स्ट्याक्ड सीएमओएस सेन्सर सापट लिएको र त्यसलाई नयाँ एआई प्रोसेसिङ युनिटसँग जोडेको उल्लेख छ।

यसले अटोफोकसिङ क्षमताहरूलाई सुधार गर्ने बताइएको छ र जसले अब जनावरहरू, चराहरू, कीराहरूका साथै र विभिन्न प्रकारका सवारी साधनहरू लगायत मानवहरू बाहेक विषयहरूको थप विविध दायरा पत्ता लगाउन सक्ने उल्लेख गरिएको छ। साथै यसले ह्युम्यान पोज (मानव मुद्राहरू) अनुमान गर्न सक्ने र व्यक्तिले हिँडेको वा टाढा हेरेको खण्डमा तिनीहरूलाई ट्र्याक गर्न सक्नेछ भनि थप उल्लेख गरिएको छ।

अल्फा १ आईआई (२) ले इन–बडी इमेज स्टबलाईजेसन पनि सुधार गरेको उल्लेख छ जुन अब फ्रेमको सेन्टर (केन्द्र) मा ८.५ स्टपस (५.५ स्टपसबाट माथि) र पेरिफेरिमा ७ स्टपसको लागि मूल्याङ्कन गरिएको छ। साथै नयाँ क्यामरामा प्रि–क्याप्चर मोड पनि रहेको थप उल्लेख गरिएको छ।

अल्फा १ आईआई (२) मा नयाँ र धेरै आर्टिकुलेटिङ डिस्प्ले रहेको छ। अघिल्लो मोडेलको एउटै एक्सिस (अक्ष) को सट्टा नयाँ डिस्प्ले अब चारवटा एक्सिसको साथ प्रत्येक दिशामा पूर्ण रूपमा रोटेट हुने बताइएको छ।

साथै क्यामराको डिजिटल भ्यूफाइन्डरमा नयाँ डिपर आईकप पनि रहेको छ जुन मानक संस्करणसँगै आउने उल्लेख गरिएको छ। यस बाहेक क्यामराको बडी पनि राम्रो ग्रिप र थप सर्टकट बटनहरूका साथ परिवर्तन गरिएको छ।

नयाँ क्यामरामा पहिलेको मोडेलको जस्तै समान कनेक्टिभिटी समावेश गरिएको भए तापनि सोनीले इथरनेटलाई १जीबीपीएस बाट २.५जीबीपीएसमा अपग्रेड गरेको छ। साथै क्यामरा नयाँ बीसी–जेडडी१ चार्जरको साथ आउने बताइएको छ जसले एकै समयमा दुईवटा जेड ब्याट्री चार्ज गर्न सक्छ।

बाँकी क्यामरा भने सन् २०२१ को मुख्य मोडेलसँग धेरै–थोरै रुपमा समान रहेको बताइएको छ जसको मतलब यो अझै पनि यसको खण्डमा धेरै प्रतिस्पर्धा बिना अविश्वसनीय रूपमा शक्तिशाली र सक्षम क्यामरा भएको उल्लेख गरिएको छ।

सोनीले अल्फा १ आईआई (२) को मूल्य ६५०० अमेरिकी डलर कायम गरिएको छ भने यो क्यामरा सन् २०२४ को डिसेम्बरदेखि उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार