एचएमडी आइकन फ्लिप १ फिचर फोन आउँदै

Technology Khabar ५ मंसिर २०८१, बुधबार

एचएमडी आइकन फ्लिप १ फिचर फोन आउँदै
Global IME Bank

काठमाडौं ।

एचएमडी आफ्नो नयाँ फ्लिप फोन लन्च गर्नका लागि स्पष्ट रूपमा तयार भएको छ। कम्पनीको नयाँ फ्लिप फोनलाई एचएमडी आइकन फ्लिप १ भनिनेछ। साथै मंगलबार एक्स पोस्टमा यस नयाँ फ्लिप फोनको स्पेक्स र तस्बिरहरू बाहिरिएको छ।

फोनमा २.८ इन्चको मुख्य इनर (आन्तरिक) स्क्रिन, १.७ इन्चको आउटर (बाहिरी) डिस्प्ले, २ मेगापिक्सेलको फिक्स्ड फोकस क्यामरा र १,५०० एमएएचको रिमुभेबल ब्याट्री हुने उल्लेख गरिएको छ।

त्यसैगरी यो स्मार्टफोन नभएर यो क्लाउड एपहरूको लागि समर्थनको साथ एस३०+ रन गर्ने फिचरफोन रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी यस नयाँ फ्लिप फोनमा ४८एमबी र्याम र १२८एमबी स्टोरेज (भण्डारण) को साथै युनिसोक टी१२७ चिपसेट समावेश गरिने उल्लेख गरिएको छ। साथै यसले फोरजी एलटीई, ब्लुटुथ ५.० र ३.५एमएम हेडफोन ज्याक समर्थन गर्ने उल्लेख छ। एचएमडी आइकन फ्लिप १ म्याजेन्टा, ब्लीन र ग्लोसी ब्ल्याक रङ्गमा उपलब्ध हुने उल्लेख छ।

मूलतः यो सन् २०२२ मा लन्च गरिएको नोकिया २६६० फ्लिपको स्पेक्समा अलिकति अद्यावधिक गरिएको नोकिया ब्रान्ड बिनाको एचएमडी बोल्ड कलर स्किमको साथ (एचएमडीको गुलाबी मन नपर्नेका लागि कालो) संस्करण जस्तो देखिन्छ भनि थप उल्लेख गरिएको छ।

यद्यपि यो नयाँ फोन ठ्याक्कै कहिले लन्च हुनेछ वा यसको मूल्य कति हुनेछ भन्ने बारेमा कुनै स्पष्टता उपलब्ध नभएको उल्लेख छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ५ मंसिर २०८१, बुधबार