Technology Khabar ५ मंसिर २०८१, बुधबार
काठमाडौं ।
एप्पलले पहिलो पटक एयरट्याग ल्याएको केही वर्ष भइसकेको छ। साथै ट्र्याकर धेरै खरिदकर्ताहरूको लागि निस्सन्देह रूपमा दैनिक उपयोगी उपकरण बनेको छ।
यद्यपि एयरट्याग स्टकिङको रिपोर्टहरू प्रकाशमा आएसँगै डिभाइसको दुरुपयोगलाई लिएर त्यहाँ चिन्ताहरू – र क्लास–एक्शन मुद्दाको – रूपमा देखा परेको छ। यी सबैलाई ध्यानमा राख्दै, एप्पलले आफ्नो अर्को एयरट्यागमा केही प्राइभेसी इम्प्रुभमेन्ट (गोपनीयता सुधारहरू) निर्माण गरिरहेको बताइएको छ।
अर्थात्, यो अधिक ट्याम्पर–प्रूफ (क्षति गर्न नसकिने) हुने मार्क गर्मनले यस हप्ताको पावर अन न्यूजलेटरमा रिपोर्ट गरेका छन्।
गुरम्यानले रिपोर्ट गरे अनुसार दोस्रो पुस्ताको एयरट्याग अर्को वर्षको मध्यमा जारी हुने अपेक्षा गरिएको छ। साथै यसको स्पिकर हटाउन अझ गाह्रो बनाइनेछ छ भनि उनले थप लेखेका छन्। एप्पलले साउण्ड अलर्ट सहित अन अनवानटेड ट्र्याकिङलाई रोक्नको लागि फिचर्स (सुविधाहरू) लागू गरेको छ।
साउण्ड (ध्वनि) अलर्टहरूले व्यक्तिलाई उनीहरूको वरपरको अज्ञात एयरट्याग रहेको थाहा दिनेछ। साथै स्पिकर हटाउन अझै पनि अपेक्षाकृत सजिलो हुने बताइएको छ जसले यसलाई कम नोटिसेबल बनाउने उल्लेख गरिएको छ। प्राइभेसी ट्वीकहरूको साथमा, नयाँ एयरट्यागले दायरा र अनबोर्ड वायरलेस चिपमा पनि अपग्रेडहरू ल्याउनेछ भनि गुरमानले थप उल्लेख गरेका छन्।
यस बाहेक, यसको लुक्सको सन्दर्भमा भने हालको एयरट्याग भन्दा धेरै फरक नहुने इनग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ५ मंसिर २०८१, बुधबार